गभर्नरमा अलमलबारे गगनको टिप्पणी- बिचौलियाहरू प्रधानमन्त्री र नेतृत्वको बेडरूमसम्मै पुग्न थालेछन् « Khabarhub

गभर्नरमा अलमलबारे गगनको टिप्पणी- बिचौलियाहरू प्रधानमन्त्री र नेतृत्वको बेडरूमसम्मै पुग्न थालेछन्


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्मै हुने गरेको बताएका छन् ।

बौद्धिक पेशाकर्मी अभियान परिषद्ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

ठूला दल मिलेर सरकार बनेपछि जनताको अपेक्षाअनुसार अघि बढ्न नसकेको पनि उनले बताए । थापाले अहिलेको सरकार ट्रयाक्टरको गतिमा बढेको टिप्पणी गरे । जनताले चाहे जस्तो जोश, उत्साह र समर्पण सरकारको नेतृत्वले देखाउन नसकेको पनि उनले बताएका छन् ।

‘निजी क्षेत्र र बिचौलिया फरक कुरा हुन्, हाम्रो अर्थतन्त्रमा अहिले समस्या भएको बिचौलियाका कारण हो’, उनले भने, ‘म यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्मै, नेतृत्वको बेडरुमसम्म हुने गरेको छ । मलाई अहिलेसम्म यो कुरा थाहा थिएन ।’

महामन्त्री थापाले नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्तिको प्रसङ्ग जोड्दै बिचौलियाले नियुक्त गर्न खोजेको बताए । ‘अबको गभर्नर को हो ? भनेर खोज्दा अहिले बिचौलियाको मान्छे भनेर खुला रूपमा बहस र छलफल हुने अवस्था छ’, थापाले भने ।

उनले बिचौलियाबीच नै गभर्नर कसलाई बनाउने भनेर प्रतिस्पर्धा हुने गरेको बताएका छन् । ‘पहिला पहिला गभर्नरबारे छलफल हुँदै गर्दा गभर्नर यो बन्ला कि त्यो बन्ला कि, गभर्नर यसले बनाउला कि त्यसले बनाउला कि ? भन्ने हुन्थ्यो’, उनले भने, ‘अहिले बिचौलियाको क्यान्डिडेट भनेर खुलमखुला बहस र छलफल हुने अवस्था छ । यस्तो अवस्था हामी कहाँनिर पुग्यौँ जवाफ खोज्ने बेला भएको छ ।’

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १२ : ३४ बजे

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको