पर्यटकको रोजाइमा दोलखा शैलुङ  « Khabarhub

पर्यटकको रोजाइमा दोलखा शैलुङ 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दोलखा- जिल्लाको सुन्दर धार्मिक तथा  पर्यटकीय स्थल शैलुङ नव वर्ष २०८२ सालको पहिलो दिन आन्तरिक तथा बाह्र पर्यटनले भरिएको थियो । वैशाख १ गते सैलुङ क्षेत्रमा रहेका डाँडाकाडा आन्तरिक तथा बाह्र पर्यटकले भरिएका थिए ।

सोमबार शैलुङ पुग्ने पर्यटकका सवारीले कालापानी क्षेत्र देखिनै भक्तजन र पर्यटकको बाक्लो भिडभाड देखिन्थ्यो । शैलुङ गाउँपालिकास्थित प्रसिद्ध पर्यटकीय स्थल शैलुङ डाँडा ।

समुद्री सतहदेखि ३ हजार ३ सय मिटर उचाई एक सय भन्दा बढी थुम्काहरू मिलेर बनेको खुल्ला क्षेत्र हो । यहाँ आउने आन्तरिक पर्यटकको संख्या पछिल्ला दिनहरूमा बढ्दै गएको शैलुङ पर्यटन प्रवर्द्धनमा नजिकबाट चासो दिइरहेका स्थानीय प्रविन थपलियाले बताए ।

छिनछिनमा रूप फेरि रहने शैलुङ हेर्न विशेषगरी दोलखा रामेछाप र सिन्धुपाल्चोक तथा काठमाडौंका आन्तरिक पर्यटक नै धेरै भेटिन्थे । कालापानी देखि करिब ३०/३५ मिटेनको उकालो चढे पछि देखिने यस क्षेत्रका ससाना थुम्कासँगै डाँडाकाँडा बाट देखिने सुन्दर मनमोहक दृश्यले यहाँ आउने जोकोहीलाई लोभ्याउने गर्छ।

चैत-वैशाखको गर्मी भुल्न पर्यटकको विशेष दिन नै वैशाख १ गते सोमबार बनेको देखियो । वर्षभरिको दुख- सुख भुल्न शैलुङ पुग्नेहरूलाई सोमबार मौसमले पनि मध्ये दिनसम्म खुल्ला रूपमै साथ दिएको थियो ।

तर दिउँसो ३-४ बजे पछि भने,शैलुङकाे मौसम परिवर्तन आएपछि बाक्लो वर्षाद भएको थियो।वर्षाले सैलुङ पुगेका पर्यटक आफ्नो गन्तव्य फर्किन अतालिइरहेका भेटिन्थे ।

कालापानी क्षेत्रको सडकमा  साना-ठुला सवारीको चापले आवतजावत गर्नै सकस थियो । नयाँ वर्षको अवसर पारेर सैलुङमा सोमबार दशौं हजार  पर्यटक सैलुङ पुगेको आकलन गरिएको छ । 

समुन्द्री सतहदेखि ३ हजार ३ सय मिटर उचाइमा अवस्थित दोलखाको शैलुङ डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्र पर्यटनको रोजाइ पर्दै आएको छ । 

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ डाँडा पहाडको टाकुरामा साना ठूला सय वटा थुम्का मिलेर बनेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङडाँडाँसम्म पुग्न  पदमार्ग तथा पाँच सय मिटर लामो ग्रेटवाल निर्माण गरिएको छ ।

 पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रको रूपमा शैलुङ विकास हुँदै गएको छ । यातायातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी ३५-४०मिनेटको पैदलयात्रामार्फ शैलुङ डाँडाको भ्रमण गर्न सकिन्छ ।

शैलुङका सबै थुम्कामा हिउँद महिनामा हिउँले सेताम्मे हुँदा र वैशाख १ गते नयाँ साल मनाउन पुग्नेहरूले यस क्षेत्रमा आन्तरिक तथा बाह्र पर्यटकहरूको भीड लाग्ने गर्छ ।

पछिल्लो समय सैलुङ पर्यटन प्रवर्द्धनमा यहाँका स्थानीय तथा व्यवसायीहरूले सैलुङ प्रचारप्रसारमा जोड दिएको पाइन्छ।सैलुङ प्राकृतिक पर्यटकीय स्थल सँगै पछिल्लो समय धार्मिक रूपमा पनि अब्बल बन्दै गएको छ। -सुबास बस्नेत/ दोलखा

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  १ : ५० बजे

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध

आज देशभरको मैसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गणेश पराजुलीलाई प्रश्न : रास्वपामा सभापतिलाई किन यति धेरै शक्तिशाली बनाउन खोज्नु भएको ?

गणेश पराजुली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)