सुनसरीमा तस्करीका सामान ओसार्ने दुई समूहबीच भएको थियो गोली हानाहान « Khabarhub

सुनसरीमा तस्करीका सामान ओसार्ने दुई समूहबीच भएको थियो गोली हानाहान

चारजना घाइते, घटनापछि भारतीयसहित तीनजना फरार


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको दक्षिणी देवानगञ्ज गाउँपालिका-२ मा सोमबार साँझ भएको गोली हानाहानमा तस्करका दुई समूह संलग्न रहेको खुलेको छ ।

देवानगञ्ज गाउँपालिका-२ स्थित यादव टोलबाट पूर्वतर्फको बाटोमा सोमबार साँझ गोली हानाहान भएको थियो। यो घटनामा चारजना घाइते भएका छन् ।

भारतबाट तस्करी गरेर ल्याएको सामान बेचिसकेपछि हिसाब बाँडफाँटका क्रममा दुई समूहबीच विवाद भएको थियो । हिसाब मिलाउने क्रममा विवाद भएपछि तस्कारका ६ जनाको समूहबीच झडपपछि गोली हानाहान भएको हो । त्यसक्रममा गोली लागेर तीनजना घाइते भएका थिए ।

गोली हानाहानमा सहभागीमध्ये देवानगञ्ज गाउँपालिका-१ का २१ वर्षीय पिन्टु यादव र २७ वर्षीय रबिनकुमार यादव पक्राउ परेका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार पक्राउ परेका ती युवक गोली हानाहानका क्रममा घाइते भएका थिए ।

दुई समूहबीच गोली हानाहानका क्रममा देवानगञ्ज गाउँपालिका-१ का शिवुकुमार मेहता गम्भीर घाइते भएका तिम्सिनाले बताए ।

अहिले मेहताको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । गोली काण्डमा संलग्न अन्य तीनजनाको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेकामध्ये कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव र भारतीय नागरिक राजा पासवान घटनापछि फरार छन् ।

घाइते रवीन्द्र यादवले केही समयअघि भारतीय नागरिक राजा पासवानसँग करिब १ लाख रुपैयाँ बराबरको काम गरेको बताए । त्यही पैसा माग्दा विवाद चर्किएपछि आफूहरूमाथि गोली प्रहार भएको उनले बताए ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  २ : ४६ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र