देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्य समिति बैठक बोलाएका छन् ।

आगामी वैशाख १७ गते बुधबाट केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार एक सूचना निकालेर बैठकका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि आह्वान गरेका छन् ।

पछिल्लो समय नेकपा एमाले नेतृत्वको गठबन्धन सरकारलाई लिएर कांग्रेसमा आक्रोश बढिरहेको छ । सरकार कछुवाको गतिमा चलिरहेको भन्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापासहितले तीव्र आलोचना गरिरहेका छन् ।

नेताहरूको आलोचनाबीच सभापति देउवाले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । अबको चानचुन एक वर्षपछि देउवा यही समीकरणबाट प्रधानमन्त्री बन्ने तर्खरमा छन् ।

उता प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पनि यो सरकार फेल भइसकेको भन्दै कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने मत राखिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार फेरबदल हुन सक्ने बताइरहेका बेला कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक डाकिएको हो । यो बैठकमा कांग्रेसले सरकारका काम र एमालेसँगको सहकार्यको पनि औपचारिक रुपमा समीक्षा गर्नेछ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ४ : ०१ बजे

दक्षता अभिवृद्धि गर्न ६ विधामा तालिम बोर्ड, आवेदन खुला

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष– २०८२’

निर्वाचनका लागि मोरङमा तयारी पूरा

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी

मौनअवधिको मध्यराति काठमाडौंमै गाडीमा आगजनी (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको  दुई स्थानमा आज बिहान दुई वटा गाडीमा

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

कास्की– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मौन अवधिमा आचारसंहिता पालना गर्न अनुरोध

लुम्बिनी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन