उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बुधबार  « Khabarhub

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बुधबार 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बुधबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । 

बैठक दिउँसो या साँझमा बालुवाटारमा बस्ने ओलीको सचिवालयको भनाइ छ । बैठकमा ओली र देउवा पनि सहभागी हुने नेताहरूको दाबी छ । 

‘पहिला संयन्त्र सदस्य मात्र बसेर पछि सभापति र प्रधानमन्त्री पनि बस्न सक्नुहुन्छ । एकै पटक पनि हुन सक्छ ।’ संयन्त्रका एक सदस्यले खबरहबलाई भने, ‘पछिल्लो राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुन्छ । कसरी सरकार अगाडि बढ्ने र नियुक्तिका सवालमा पनि कुरा हुन सक्छ ।’ 

यो पनि पढ्नुहोस् :

ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्

ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्

आज बालुवाटारमा मन्त्रीपरिषद् बैठक डाकिएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला र एसपी साउद लगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला ओलीले विभिन्न बैठकहरू डाकिरहेका छन् । 

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । यता कांग्रेसबाट कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् ।

यो पनि पढ्नुहोस् :

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

बालुवाटारमा ओली-देउवा भेटपछि डाकियो मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।