उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बुधबार  « Khabarhub

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बुधबार 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । मंगलबार दिउँसो सत्ता गठबन्धन दलका दुई शीर्ष नेता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएपछि बुधबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । 

बैठक दिउँसो या साँझमा बालुवाटारमा बस्ने ओलीको सचिवालयको भनाइ छ । बैठकमा ओली र देउवा पनि सहभागी हुने नेताहरूको दाबी छ । 

‘पहिला संयन्त्र सदस्य मात्र बसेर पछि सभापति र प्रधानमन्त्री पनि बस्न सक्नुहुन्छ । एकै पटक पनि हुन सक्छ ।’ संयन्त्रका एक सदस्यले खबरहबलाई भने, ‘पछिल्लो राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुन्छ । कसरी सरकार अगाडि बढ्ने र नियुक्तिका सवालमा पनि कुरा हुन सक्छ ।’ 

यो पनि पढ्नुहोस् :

ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्

ओलीले देउवालाई भने- विपक्षीले खेल्ने मौका पाए, असन्तुष्टिबारे कांग्रेस नेताहरूसँग कुरा गर्नुस्

आज बालुवाटारमा मन्त्रीपरिषद् बैठक डाकिएको छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू शेखर कोइराला र एसपी साउद लगायतले सरकारले कामको गति बढाउन नसकेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठाइरहेका बेला ओलीले विभिन्न बैठकहरू डाकिरहेका छन् । 

संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । यता कांग्रेसबाट कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा छन् ।

यो पनि पढ्नुहोस् :

देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

बालुवाटारमा ओली-देउवा भेटपछि डाकियो मन्त्रिपरिषद् बैठक

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ०० बजे

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको

ठमेलको क्यासिनो भारतीय गिरोहको अपराध अखडा : चुम्बकीय तास र विशेष लेन्सको सहयोगमा गर्थे ठगी

काठमाडौं– ठमेलस्थित छाया सेन्टरको वाल्डो डाइनास्टिक इन्टरटेनमेन्ट प्रालिमा सञ्चालित क्यासिनो

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम