जसले लागूऔषधको नशामा बहिनीको ज्यान लिएर शव पानी ट्यांकीमा हालिदिए | Khabarhub Khabarhub

जसले लागूऔषधको नशामा बहिनीको ज्यान लिएर शव पानी ट्यांकीमा हालिदिए


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरमा एकजना युवकले ११ वर्षीया बहिनीको हत्या गरेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुर महानगरपालिका-१२, मंगलबजार बस्ने १५ वर्षीय किशोरले बहिनीको हत्या गरेका हुन् ।

बाबुराजा अवालेको उक्त घरमा भाडामा बसेका बोहोरा परिवारले कोठा छाडिसकेपछि दाजुबाट बहिनीको हत्या भएको हो । अवालेको घरमा भाडामा बसेका उनीहरू फागुन २५ गते त्यहाँबाट सरेका थिए । तर, चैत ४ गतेदेखि हराएकी ११ वर्षीया बालिकाको उक्त घरमै हत्या गरेर पानी ट्यांकीमा हालिएको शव सडेगलेको अवस्थामा भेटिएको हो ।

प्रहरीका अनुसार गत चैत ६ गते बझाङको सुर्मा गाउँपालिका-४ घर भई हाल ललितपुर-१२ मंगलबजार बस्ने मदन बोहोरा र भगवती बोहराकी छोरी ११ वर्षीया दुर्गा बोहोरा चैत ४ गतेदेखि हराएकी थिइन् । 

छोरी दुर्गा हराएपछि आमा भगवती बोहराले जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् । त्यसपछि खोजीका लागि प्रहरी सक्रिय भएको थियो ।

खोजीका क्रममा चैत २९ गते बिहान ११ बजे ललितपुर महानरपालिका-९, खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँतलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा शव फेला परेको थियो ।

त्यसक्रममा अनुसन्धानमा जोडिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलेसमेत दुर्गाको हत्या उनका १५ वर्षीय कान्छा दाजुले गरेको खुलेको हो । त्यसपछि ललितपुर महानगरपालिका-१२, मंगलबजारबाट प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ ।

आमा भगवती बोहराले छोरी हराएको भनी खोज तलासको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा निवेदन दिएकी थिइन् ।

बाबुराजा अवालेको उक्त घरमा बोहराको परिवार भाडामा बसेका थिए । उनीहरू फागुन २५ गते त्यो घर छोडेर अन्यत्र डेरा सरेका थिए । उनीहरूले छोडेर गएपछि कोठा खाली भएको थियो र त्यही चमेली सुनारको परिवार कोठा खोज्न पुगेका थिए ।

कुरा मिलेपछि उक्त कोठामा उनीहरू बस्ने तयारी गरेको थियो । तर उनीहरूले कोठा सरेकै दिन अनौठो गन्ध आएपछि खानेपानीको ट्याङकी खोलेर हेर्दा बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार चैत ४ गते मृतक बालिका र उनको दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको छ ।

दाजु बहिनीसँगै गएको फुटेज भेटिएपछि दाजुमाथि शंका लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडाहरू लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनिलाई पिटी उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाटी कसेर भुईँमा लडाई भागेको बताएका थिए ।

अनुसन्धानको क्रममा दाजु बहिनिले नै लागूऔषधको ट्याब्लेट खाएको थियो र त्यसको नशामा आफू भएकोले त्यस्तो घटना हुन गएको कुरा बताएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

चैत ५ गते बिहान नशाले छोडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झिएपछि घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको र बहिनीको लास देखेपछि लास ट्याङ्किमा हालेर सिमेन्टले बनाएको ढक्कन लगाई छोपेर छोडिदिएको बयानमा बताएका थिए।

बोहोरा परिवार उक्त घरबाट अन्यत्र डेरा सरिसकेका थिए । पुरानो शैलीको उक्त घरमा भाडामा बस्ने चमेली सुनारको परिवार पनि चैत २ गते डेरा सरेपछि खाली भएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसपी अंगुर जीसीका अनुसार चैत ४ गते मृतक दुर्गा र उनका दाजु डेरामा बस्ने गरेको अवालेको उक्त पुरानो घरतर्फ जाँदै गरेको सीसीटीभी फुटेजबाट देखिएको छ।

‘बहिनीसँगै उक्त खाली घरमा गएको फुटेज भेटिएपछि दाजुमाथि शंका लागेर सोधपुछ गर्दा कोठा सर्दा छुटेका कपडा लिन गएको बताएका छन्’, अंगुर जीसीले भने, ‘उक्त घरमा पुगेपछि सामान्य विवाद हुँदा बहिनीलाई पिटेको बयान उनले दिएका छन् । विवादकै क्रममा नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुइँमा लडाइदिएर भागेको बयान दाजुले दिएका छन् ।’

एसपी जीसीका अनुसार उक्त घरमा पुगेपछि दाजुबहिनीले नै लागूऔषधको ट्याबलेट खाएको खुलेको छ । ती किशोर दाजुले त्यसैको नशामा परेकाले घटना हुन पुगेको बयान प्रहरीलाई दिएका छन् । ‘लागूऔषधको नशामा भएकोले त्यस्तो घटना हुन गएको कुरा ती किशोर दाजुले बताएका छन्’, जीसीले भने ।

चैत ५ गते बिहान लागूऔषधको नशाले छोडेपछि हिजो बहिनीमाथि गरेको आक्रमण सम्झिएर घटनास्थलमा पुगेको पनि उनले बयान दिएका छन् । त्यहाँ पुगेर हेर्दा उनले बहिनीको मृत्यु भइसकेको देखेका थिए ।

लाश भुइँतलास्थित भर्‍याङको छेउमा देखेपछि आफूले पानी ट्यांकीमा हालिदिएको कुरा उनले स्वीकारेका छन् । लाशलाई ट्यांकीमा हालिदिएर सिमेन्टले बनाएको ढक्कन लगाई उनी घरतिर लागेको बयान पनि प्रहरीलाई दिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ५ : ४१ बजे

बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं – काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको

वर्षायाममा लाग्ने रोगबाट कसरी जोगिने ?

काठमाडौं- पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशका विभन्न ठाउँमा वर्षा

काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल विश्वको युवा नेतामा छनोट

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको

यी प्रदेशमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शिक्षकलाई काममा फर्किन सरकारको अनुरोध

काठमाडौं – सरकारले शिक्षकका माग सम्बोधन गर्न तयार रहेको स्पष्ट