भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले आज शनिबार मोदी साउदी अरब जान लागेको जानकारी दिएको हो ।

विदेश मन्त्रालयको विज्ञप्तिमा मोदीले २२ र २३ अप्रिल अर्थात् यही वैशाख ९ र १० गतेको दिन साउदी अरबको औपचारिक भ्रमण गर्ने उल्लेख छ ।

मोदी साउदी अबरका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको औपचारिक निम्तोमा भ्रमणमा जान लागेका हुन् ।

मोदीले यसअघि सन् २०१९ र २०१६ मा दुईपटकसम्म साउदी अरबको औपचारिक भ्रमण गरेका थिए । सन् २०२३ को सेप्टेम्बरमा साउदीका क्राउन प्रिन्स जी–ट्वान्टी देशहरुको सम्मेलनमा भारत आएका बेला मोदीलाई भ्रमणको निम्तो दिएका थिए ।

भ्रमणका एजेण्डा सार्वजनिक भइसकेको छैन । तर रक्षा, व्यापार, लगानी, शिक्षा र स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल हुने अनुमान छ ।

भारत र साउदीअरबबीच सामाजिक–साँस्कृतिक र व्यापारिक सम्बन्धको लामो ऐतिहासिक पृष्ठभूमि छ । विदेश मन्त्रालयले विज्ञप्तिमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध मजबुत रहेको उल्लेख छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ६ : ०५ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत