स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल « Khabarhub

स्पेनिस ला लिगा : रियलको जितमा ज्याकोबो र एम्बाप्पेको गोल


१ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको बुधबार राति भएको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २-१ ले हराएको छ।

रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे। म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए। म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए। इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो।

बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्ने छ। सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ।

बुधबार भएका अन्य खेलमा डेपोर्टिभो अल्भासले भ्यालेन्सियालाई १-० तथा भिल्लारियलले लेगानेसलाई ३-० ले हराएको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ६ : ३९ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का