युक्रेन युद्धमा रुसले के पायो के गुमायो ? | Khabarhub Khabarhub

युक्रेन युद्धमा रुसले के पायो के गुमायो ?

शासकको सनकले युक्रेनले जमिन गुमाउँदा रुसको अर्थतन्त्रमा ठुलो क्षति


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

रुसले सम्पूर्ण शक्ति लगाएर युक्रेनमाथि २४ फेब्रुअरी २०२२ मा आक्रमण गरेको थियो। यो युद्धले तीन वर्ष पार गरेको छ। युद्ध अवधिमा रुसले धेरै युक्रेनी भूमि कब्जा गरेको छ। पुटिन प्रशासनले चाहे जस्तो छोटो समयमा युक्रेनले हार खाएन, उल्टो यो बीचमा रुसले धेरै कुरा गुमायो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्ने बित्तिकै रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताए पनि युद्ध अझै जारी छ। युद्धसँगै युद्ध विरामको प्रयास पनि जारी छ। बिहीबार नै टर्कीमा हुने वार्ताले केही निचोड निकाल्ने अनुमान गरिएको छ।

वार्ताको नेतृत्व रुसको तर्फबाट पुटिनका एडिइ भ्लाडिमिर मेडेन्सकीले गर्ने छन्। युक्रेनको तर्फबाट राष्ट्रपति जेलेन्स्की आफै पुग्ने छन्। अमेरिकी विदेश मन्त्री मार्क रुबियो पनि युक्रेन पुगिसकेका छन्।

बिबिसीमा ५ मे २०२५ मा प्रकाशित रिपोर्ट अनुसार सन् २०२४ युद्ध सुरु भए यता सबै भन्दा धेरै रुसी सेना मारिएको वर्ष हो। सो वर्ष रुसी सेना मारिए। त्यस वर्ष ४५ हजार २८७ जना रुसी सेना मारिएका थिए। रुसले प्रत्येक वर्ग किलोमिटर कब्जा गर्दा २७ जनाको दरले सेना गुमाएको तथ्याङ्कले देखाएको छ।

सन् २०२२ मा भन्दा २०२४ मा रुसले तीन गुणा बढी सेनालाई युद्धमा गुमाएको थियो। यो बाहिर आएको गणना हो। यथार्थमा यो भन्दा अझ धेरै बढीको ज्यान युद्धले लिएको धेरै जना बताउँछन्।

५ मे सम्ममा युक्रेनसँगको युद्धमा मारिने एक लाख ६ हजार ७४५ रुसी सेनाको नाम नै सार्वजनिक भएको थियो। वास्तवमा मारिनेको सङ्ख्या अत्यधिक धेरै भएको अनुमान गरिएको छ। सैन्य विशेषज्ञका अनुसार एक लाख ४५ हजार २२३ देखि दुई लाख ३७ हजार २११ जना सेनाको ज्यान त्यो बीचमा गएको थियो। २० फेब्रुअरी २०२४ रुसी सेनाका लागि अत्यन्त दुःखद दिन थियो। डोन्स्टकमा तयार गरिएको प्रशिक्षण शिविरमा युक्रेनले लामो दुरीको हिमारस मिसाइल प्रहार गरेको थियो।

पदक वितरण समारोह चलिरहेको समयमा एकै पटक ६५ जनाको ज्यान गएको थियो। एक तथ्यांक अनुसार त्यो दिन २०१ जना रुसी सेनाको ज्यान गएको थियो। प्रशिक्षण स्थलमा भएको आक्रमणको केही समयपछि नै रुसी रक्षा मन्त्री सर्जी सिगोउले राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गर्दै फ्रन्टलाइनमा प्राप्त गरेको सफलताका बारे खबर सुनाएका थिए। प्रशिक्षण स्थलमा भएको त्यस घटनाका बारे पुटिनसँग कुनै छलफल नै भएको थिएन।

त्यस दिन साइबेरियाका ३१ वर्षीय ओखान्चुभ रुस्तोभ पनि मारिएका थिए। उनकै एक आफन्तका अनुसार त्यो दिनसम्ममा नै उनले परिवारका तीन सदस्य गुमाइसकेकी थिइन्। अमेरिकाको नेतृत्वदायी सैन्य विश्लेषक माइकल कोफम्यानका अनुसार सन् २०२४ को सेप्टेम्बर देखि नोभेम्बरमा रुसी सेनालाई सबै भन्दा ठुलो क्षति भएको थियो। १ अक्टोबरमा डोन्सटकको भुल्डेयर रुसी सेनाले कब्जामा लिएको थियो। अमेरिकन इन्स्टिच्युट फर स्टडीज अफ वार (आइएसडब्लू)कै डेटा अनुसार त्यस समयमा रुसले २३५६ वर्ग किलोमिटर युक्रेनी भूमिमा कब्जा जमाएको थियो।

आइएसडब्लूका अनुसार सन् २०२४ मा रुसले ४१६८ वर्ग किलोमिटर जमिन कब्जा गरेको थियो। त्यसै वर्ष एक लाख १२ हजार रुसी सेना मारिएको आइएसडब्लूको तथ्याङ्क छ। यसको मतलब १ वर्ग किलोमिटर जमिन कब्जा गर्ने क्रममा २७ जना रुसी सेनाको ज्यान गएको थियो।

यसै वर्षको मार्चमा बेलायतको रक्षा मन्त्रालयले युद्धमा मारिने रुसी सेनाको सङ्ख्या लगभग दुई लाख ५० हजार भएको जनाएको छ। अर्को एक रिपोर्ट पनि प्रकाशित भएको थियो। सो रिपोर्ट अनुसार एक लाख सात हजार २० जना मारिने रुसी सेनाको पहिचान भएको छ। यसै वर्षको फेब्रुअरी २४ मा रुसी मिडिया आउटलेट, मेडुजा र मेडियाजोनाको रिपोर्ट अनुसार युद्ध सुरु भए यता एक लाख छ हजार जनाको ज्यान गएको छ। यी मध्य २०२४ मा मात्र एक लाखको हाराहारीमा रुसी सेनाले ज्यान गुमाएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र रुसका राष्ट्रपति भ्लाडिमिर पुटिन ।

१५ फेब्रुअरीका दिन युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले दुई लाख ५० हजार रुसी सेना युद्धमा मारिएको दाबी गरे। ११ अप्रिलमा युक्रेनको जनरल स्टाफले युद्धको क्रममा नौ लाख ६५ हजार ८९० रुसी सेनाको क्षति भएको रिपोर्ट प्रकाशित भएको थियो। सो रिपोर्टका अनुसार मारिने, बन्धक बनाइने, घाइते हुने र हराउनेको लगायत छन्। पश्चिमा इन्टलिजेन्सको अनुसार सो रिपोर्ट तयार भएको जनाइएको छ।

रुसको ओरालो आर्थिक यात्रा
१३ मेका दिन स्टकहोम इन्स्टिच्युट अफ ट्रान्सफर्म इकोनोमिक्स (साइट)ले युरोपियन युनियन फाइनान्स मिनिस्टरको वार्तामा पठाएको रिपोर्ट अनुसार रुस अहिले युद्धकै कारण आर्थिक रूपले पनि अप्ठेरो अवस्थामा छ। रुसले सन् २०२४ को रिपोर्ट प्रकाशित गर्दै ४.३ प्रतिशत आर्थिक वृद्धि भएको उल्लेख गरेपछि साइटले त्यसमा असहमति जनाएको हो।

गत साता बैङ्क अफ फिनल्यान्डले एक बुलेटिन प्रकाशित गरेको थियो। सो बुलेटिनका अनुसार रुस अहिले अप्ठेरोमा छ। लगानीमा समस्या देखिएको छ। देशको कुल खर्चको ठुलो हिस्सा सेनामा गएको छ। मुद्रास्फीति पनि अहिले रुसमा बढेको छ। यो सबै तथ्याङ्कले युद्धको समाप्ति पछि पनि रुसको बाटो भने सहज नहुन सक्छ। अहिले बेरोजगारी समस्या बढेको छ। प्रतिबन्धका कारण रुसको उत्पादनले बजार पाउन छाडेका छन्।

रुसको चासो
बिहीबार वार्ता भइरहेको समयमा रुसको चासो केही विषयमा पक्कै हुने छ। सन् २०१४ मा नियन्त्रणमा लिएको क्रिमिया रुसकै भएको विषयमा अन्तर्राष्ट्रिय मान्यता पाउने रुसको चाहना हो। यसमा अमेरिकी पक्ष लगभग सहमत भइसकेको छ।

युक्रेनले नाटोको सदस्यता नपाउने विषयमा पनि अमेरिका सहमत भइसकेको छ। युक्रेनले राखेको पूर्ण शान्ति र भविष्यमा सुरक्षित हुन पाउने विषयलाई पनि पक्कै सम्बोधन हुने छ। रुसले अहिले युद्धको क्रममा कब्जा गरेको जमिन माग गरेको छ। यस विषय नै सायद वार्ताको मूल विषय बन्ने छ।

यस युद्धमा रुसले केही युक्रेनी भूभाग पाएर अन्त्य भए पनि धेरै कुरा गुमाउने छ। बिग्रिएको अर्थतन्त्र सुधार गर्न सायद धेरै वर्ष लाग्ने छ। लाखौँ सेनाको ज्यान गएको छ। रुसी भूमिका सत्ता र शासन प्रति हेर्ने दृष्टिकोण पनि धेरै बदलिएको छ। रुसमा यस अघि पनि युद्ध रोक्नका लागि बारम्बार प्रदर्शन भएको छ।

सम्भवतः यो युद्ध अब अन्त्य हुने बाटोमा गएको छ। युक्रेनले युद्धमा धेरै गुमाएको छ। रुसले पनि पाएको तुलनामा धेरै गुमाएको हुन सक्छ।

स्रोत : बिबिसी, किभ इन्डिपेन्डेन्ट, बैंक अफ फिनल्यान्ड, वान न्युज

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : १४ बजे

महानगरको बेरुजु ६८ करोड रुपैयाँ, काठमाडौं टावरबारे महालेखाले फेरि उठायो प्रश्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको बेरुजु ६८ करोडभन्दा बढी देखिएको छ ।

कलम त्यागेर मुक्तिनाथमा साधनारत योगी !

मुस्ताङ- मानिसको जीवनले कुनबेला कुन रुपमा काँचुली फेर्छ भन्ने पत्तो

जनसङ्ख्याको आधारमा बजेट विनियोजन गर्न लोकतान्त्रिक मोर्चाको माग

काठमाडौं– संघीय लोकतान्त्रिक मोर्चाले आगामी आर्थिक वर्षको बजेटमा जनसङ्ख्या र

सगरमाथा आरोहणका क्रममा एक फिलिपिनी नागरिकको मृत्यु 

काठमाडौं– सगरमाथा आरोहणका क्रममा फिलिपिनी नागरिक फिलिप द्वितीय स्यान्टिएगोको मृत्यु

भारतीय वनमन्त्री यादव नेपालमा

काठमाडौं– भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादव