युएईको भ्रमण गर्दै ट्रम्प « Khabarhub

युएईको भ्रमण गर्दै ट्रम्प


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमण गर्दैछन्। त्यसपछि उनी अरब राष्ट्रको भ्रमण सकेर अमेरिका फर्कने छन्।

ट्रम्प कतार भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। कतारको राजधानी दोहामा बुधबार विमानस्थलमा उत्रनु एक घण्टा अघि ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल सारासँग भेट गरेका थिए।

कुनै समय अमेरिकाले एक करोड अमेरिकी डलर पुरस्कार घोषणा गरिएका अल सारासँग ट्रम्प बैठक बसेका हुन्। पछिल्लो २५ वर्षमा अमेरिका र सिरियाका शीर्ष नेताको भेट भएको त्यो पहिलो वर्ष थियो।

कनै समय अल कायदासँग सम्बन्ध जोडिएको अल सारा नेतृत्वको हायात ताहल अल साम्स (एचटिएस)लाई आतङ्कवादी समूहको सूचीमा राखिएको थियो।

गत डिसेम्बरमा बसार अल आसाद सरकारलाई बर्खास्त गर्दै एचटिएसले नेतृत्व लिएपछि उनलाई हेर्ने दृष्टिकोण फेरिएको थियो।

बुधबारको बैठकपछि ट्रम्पले सबै प्रतिबन्ध हटाउने निर्णयसहित साराको नेतृत्वमा सिरिया आर्थिक विकासको पाटोमा अघि बढ्न सक्ने कुरामा विश्वस्त रहेको बताए। उनले सीमाबाट अन्तर्राष्ट्रिय आतङ्कवादी र प्यालेस्टाइनी आतङ्कवादी हटाउँदै इजरायलसँग सम्बन्ध सुमधुर बनाउन सिरियाका लागि आवश्यक रहेको कुरामा जोड दिए।

ट्रम्पको भ्रमणलाई लिएर अमेरिकी र विपक्षी डेमोक्र्याट पार्टीले कसरी लिनेछ भन्ने चासो छ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : ५० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

आज २०८२ साल माघ १३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका