बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण « Khabarhub

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो । 

मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । 

उनले भने, ‘किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथामिकता दिँदै आएको छ ।’ 

मौरीसहितको घारको मूल्य नौ हजार पर्ने जनाउँदै उहाँले वार्षिक कृषि कार्यक्रमअन्तर्गत मौरी पालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताए । पालिकाले तोरी र मुसुरोखेतीका लागि गत वर्ष तीन लाख विनियोजन गरेको थियो । तोरी र मुसुरोखेतीसँगै मौरीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ ।

गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको पालिका कार्यालयले जनाएको छ । 

तीन दिनका लागि सञ्चालित मौरीपालन तालिम आज समापन हुँदैछ । तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिम अगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : १० बजे

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण