तालिबानका प्रभावशाली नेताको गोप्य भारत भ्रमण | Khabarhub Khabarhub

तालिबानका प्रभावशाली नेताको गोप्य भारत भ्रमण


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका उपप्रमुखले गोप्य रुपमा भारतको भ्रमण गरेका छन् । भारतीय मिडिया सन्डे गार्जियनले उपमन्त्री मुल्लाह मोहम्मद इब्राहिम सद्रले भारतको गोप्य भ्रमण गरेको जनाएको हो ।

उनी तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाका निकटस्थ मानिन्छन् । समाचारमा जनाइएअनुसार गत अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाम क्षेत्रमा एक जना नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी आक्रमणको केही दिनलगत्तै सद्र भारत पुगेका हुन् ।

सद्रले भारत भ्रमण गर्नुको उद्देश्यबारे केही खुलाइएको छैन । उनले भारतमा रहँदा क–कसलाई भेटे भन्नेपनि स्पष्ट छैन ।

यसबारे भारत र तालिबानका तर्फबाट पनि औपचारिक जानकारी दिइएको छैन । तालिबानका वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा सन्डे गार्जियनलाई सद्रको भारत भ्रमणबारे जानकारी दिएको जनाइएको छ ।

भारतसँग सम्बन्ध सुधारका लागि अखुन्दजादाले सद्रलाई भारत पठाएको हुनसक्ने विश्लेषण गरिएको छ । भारत–पाकिस्तान तनावबीच पाकिस्तानविरोधी र इरानसमर्थक नेताको छवि बनाएका सद्रको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १२ : ४३ बजे

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै