१५ शैयाका अस्पतालमा दरबन्दी माग्दै दन्त चिकित्सक आन्दोलित  « Khabarhub

१५ शैयाका अस्पतालमा दरबन्दी माग्दै दन्त चिकित्सक आन्दोलित 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहका १५ शैया क्षमताका आधारभूत अस्पतालमा दरबन्दी सुनिश्चित गर्न माग गर्दै नेपाल डेन्टल एशोसिएसनको नेतृत्वमा दन्त चिकित्सकहरूले देशव्यापी आन्दोलन थालेका छन् ।

सरकारले हालै पारित गरेको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ मा १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित नगरेको भन्दै चिकित्सकहरू आन्दोलित भएका हुन् । आन्दोलनमा सहभागी चिकित्सकहरूले विरोध स्वरूप कालोपट्टी बाँधेर सेवामा खटिन थालेका छन् ।

एशोसिएसनका अनुसार आन्दोलनको पहिलो चरणमा आइतबारदेखि देशभरका सबै निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूको डेन्टल ओपीडी तथा वेटिङ क्षेत्रमा ‘नगरपालिकामा हुने १५ शय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई उचित सेवा प्राप्तिको प्रत्याभूति गर’ भन्ने ब्यानर र पोस्टर टाँस्ने र कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपाल डेन्टल एशोसिएसनले दन्त स्वास्थ्यलाई पनि प्राथमिक स्वास्थ्य सेवाको हिस्साका रूपमा मान्यता दिन सरकारसँग माग गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : ०८ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको