१५ शैयाका अस्पतालमा दरबन्दी माग्दै दन्त चिकित्सक आन्दोलित  « Khabarhub

१५ शैयाका अस्पतालमा दरबन्दी माग्दै दन्त चिकित्सक आन्दोलित 


१ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तहका १५ शैया क्षमताका आधारभूत अस्पतालमा दरबन्दी सुनिश्चित गर्न माग गर्दै नेपाल डेन्टल एशोसिएसनको नेतृत्वमा दन्त चिकित्सकहरूले देशव्यापी आन्दोलन थालेका छन् ।

सरकारले हालै पारित गरेको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ मा १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित नगरेको भन्दै चिकित्सकहरू आन्दोलित भएका हुन् । आन्दोलनमा सहभागी चिकित्सकहरूले विरोध स्वरूप कालोपट्टी बाँधेर सेवामा खटिन थालेका छन् ।

एशोसिएसनका अनुसार आन्दोलनको पहिलो चरणमा आइतबारदेखि देशभरका सबै निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूको डेन्टल ओपीडी तथा वेटिङ क्षेत्रमा ‘नगरपालिकामा हुने १५ शय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई उचित सेवा प्राप्तिको प्रत्याभूति गर’ भन्ने ब्यानर र पोस्टर टाँस्ने र कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपाल डेन्टल एशोसिएसनले दन्त स्वास्थ्यलाई पनि प्राथमिक स्वास्थ्य सेवाको हिस्साका रूपमा मान्यता दिन सरकारसँग माग गर्दै आएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १ : ०८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि