अमेरिकी विदेश नीतिको आलोचना गरेर नथाक्ने अल जजीरा ट्रम्पको कतार भ्रमणमा नरम « Khabarhub

अमेरिकी विदेश नीतिको आलोचना गरेर नथाक्ने अल जजीरा ट्रम्पको कतार भ्रमणमा नरम


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारी टेलिभिजन सञ्जाल अल जजीरा मध्यपूर्वको प्रभावशाली शक्ति मानिन्छ । कतारको राज्यसञ्चालित यो टेलिभिजनले लामो समयदेखि अमेरिकी नीतिको आलोचना पनि गर्दै आएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा आतंककारी संगठन अल कायदाले अमेरिकामा आक्रमण गरेपछिका घटनाक्रममा यस टेलिभिजनले अमेरिकी विदेश नीतिको आलोचना गर्दै आएको थियो । तर, अहिले भने अल जजीरा अमेरिकाप्रति नरम देखिन थालेको छ ।

अमेरिकी समाचार संस्था एपीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कतार भ्रमणका समयमा अल जजीराले अमेरिकाको आलोचना गर्न छाडेको हो । अल जजीराका अरबी र अंग्रेजी टेलिभिजनले ट्रम्पको कतार भ्रमणलाई एपीकै शब्दमा ‘स्ट्रेटफरवार्ड कभर’ गरिरहेका छन् ।

अल जजीराले यसलाई कुनै पनि बहालवाला अमेरिकी नेताले पहिलो पटक कतारको भ्रमण गरेको रुपमा व्याख्या गरेको छ । त्यसैगरी, इजरायल हमास युद्धका क्रममा इजरायललाई समर्थन गर्ने अमेरिकी नीतिको चर्को आलोचना गर्दै आएको उक्त टेलिभिजन अहिले चुप लागेको छ ।

अहिले भने अल जजीराका पत्रकारले युद्धको मध्यस्थता गर्ने कतारी भूमिकालाई महत्व दिएका छन् । टेलिभिजनले युद्धविराम गर्न आह्वान गरिएको कतारी शासक शेख तमिम बिन हमाद अल थानीको भनाइ पनि प्रसारण गरिरहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : १२ बजे

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी