किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’ « Khabarhub

किवी संसदमा हाका नाच्ने सांसदले पाए ‘अहिलेसम्मकै कठोर सजाय’


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यूजिल्याण्डको संसदमा हाका नाच्ने सांसदलाई ‘अहिलेसम्मकै सबैभन्दा कठोर सजाय’ दिइएको छ । गत नोभेम्बर महिनामा किवी संसदमा टे पाटी माओरीका सहनेताहरु डेबी ङारेवा–प्याकर र राविरी वाटिटी तथा अर्की सांसद हना–रावहिटी माइपी–क्लार्कले हाका नाचेका थिए ।

उनीहरुले न्यूजिल्याण्डका आदिवासी माओरीहरुसँग गरिएको सन्धिलाई परिमार्जन गर्न ल्याइएको विधेयकको विरोधमा हाका नाचेका थिए । किवी इतिहासमै कान्छी सांसद् हानाले संसदमा विधेयक च्यात्दै हाका नाचेको भिडियो विश्वभर भाइरल भएको थियो ।

संसदले उक्त विधेयक गत अप्रिल महिनामा अस्वीकृत गरेको थियो । बुधबार भने यसरी हाका नाच्ने सांसदलाई अहिलेसम्मकी कठोर सजाय तोकिएको छ ।

किवी संसदको ‘प्रिभिलेज कमिटी’ ले टे पाटी माओरीका सहनेताहरु ङारेवा–प्याकर र वाटिटीलाई तीन साताको निलम्बन गर्ने निर्णय गरेको छ । यस सजायलाई किवी संसदको इतिहासकै सबैभन्दा कठोर मानिएको छ ।

त्यसैगरी, उक्त कमिटीले हानालाई भने सात दिनका लागि निलम्बन गरेको छ । किवी संसदमा यसअघि पनि सांसदहरुले हाका नाच्ने गरेका थिए ।

उनीहरुले हाका नाचेर अरु सांसदलाई डर देखाएको र संसदको अवहेलना गरेको आरोप लगाइएको छ । हाका माओरी समुदायको परम्परागत रणनृत्य मानिन्छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : ४५ बजे

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको

सलमानको ‘मातृभूमि’ले पायो नो अब्जेक्सन सर्टिफिकेट, नोभेम्बर १३ मा रिलिजको तयारी

काठमाडौं– बलिउड अभिनेता सलमान खानका फ्यानले लामो समयदेखि प्रतीक्षा गरिरहेको

कांग्रेस महाधिवेशन : सानाठूला सबै दलले गरे गगनको प्रशंसा

काठमाडौं- नेपाली कांग्रेस १५औँ महाधिवेशनको उद्घाटन सत्रमा सभापति गगन थापाको

अर्थ समाचार : राष्ट्र बैंकले १ रुपैयाँका नयाँ सिक्का ल्याउने, कफीको व्यावसायिक विस्तार र अमेरिकी गाडी उद्योगमा लगानी थपिने

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ? स्वास्थ्य

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि