रिठ्ठेपानी डाँडा कटानमा आर्थिक अनियमितता ? « Khabarhub

महालेखा प्रतिवेदन

रिठ्ठेपानी डाँडा कटानमा आर्थिक अनियमितता ?


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पोखरा– चीन सरकारको सहयोगमा बनेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा रिठ्ठेपानी डाँडा कटानमा देखिएको आर्थिक गतिविधि र प्रक्रियालाई महालेखा परीक्षकको प्रतिवेदनले शंकास्पद देखाएको छ ।

विमानस्थलको पूर्वतर्फ करिब १.५ किलोमिटर दूरीमा रहेको रिठ्ठेपानी डाँडा विमानस्थलको फ्लाइट प्रोसिड्योर डिजाइनमा अवरोध हुने भन्दै काट्नुपर्ने देखाइएको थियो । त्यसको लागि  ३२ करोड ६८ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो भने ३२ करोड ३० लाखमा संयुक्त उपक्रमसँग ठेक्का सम्झौता भएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनअनुसार, २०७५ सालमा पोखरा महानगरपालिका–२६ नं. वडा कार्यालयले पठाएको पत्रमा स्थानीय बासिन्दाहरूले आफूहरूले नै माटो काट्न अनुमति मागेको उल्लेख छ । तर परियोजनाले कटान गर्नुपर्ने कुल माटोको परिमाण र स्थानीय बासिन्दाले काट्ने परिमाणको कुनै स्पष्ट अभिलेख राखेको छैन । सो अभिलेखबिना नै ठेक्का सम्झौता गरी सार्वजनिक खर्च देखाइएको हो ।

त्यसैगरी, निर्माण कार्यका लागि बोलपत्र पेस गर्ने १० मध्ये ९ बोलपत्रदाताको कर चुक्ता प्रमाणपत्र र बिड बण्डको वैधता नपाएको उल्लेख छ । यस्ता कमजोरी हुँदाहुँदै पनि एक जना बोलपत्रदातासँग लागत अनुमानभन्दा ०.०९ प्रतिशत कम दरमा ठेक्का सम्झौता गरिएको छ ।


ठेक्का अनुसार, ४ लाख २० हजार ४२८ घनमिटर माटो कटान र विसर्जन गर्न निर्माण व्यवसायीले २९ करोड ६९ लाखको कबोल गरेको देखिन्छ । अन्तिम बिलअनुसार ९९.४९ प्रतिशत अर्थात् २९ करोड ५४ लाख भुक्तानी भइसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : २५ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश