सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्ताव : ट्रम्प « Khabarhub

सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्ताव : ट्रम्प


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाबाट आयात हुने सबै वस्तुको भन्सार शुल्क शून्यमा झार्न भारतले प्रस्ताव गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । कतार भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले भारत सरकारले सबै अमेरिकी आयातमा भन्सार शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको जानकारी दिएका हुन् ।

हाल भारत र अमेरिकाबीच व्यापारिक सम्झौताका विषयमा छलफल चलिरहेको छ । यसबारे भारतीय पक्षबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।

उनले भने, ‘उनीहरु (भारत) ले हामीलाई खासगरी वास्तविक रुपमा कुनै भन्सार शुल्क नलाग्ने सम्झौताको प्रस्ताव गरेका छन् ।’ उनले एप्पल कम्पनीका सीईओले भारतमा कारखाना खोल्न लागेको सन्दर्भमा यस्तो टिप्पणी गरेका हुन् ।

उनले थपे, ‘मैले भनेँ– टिम, हामीले तपाईँसँग राम्रो व्यवहार गरिरहेका छौँ, तपाईँले यस्ता कारखाना चीनमा बनाउनुभएको हामीले बुझेका छौँ । तपाईँले भारतमा (कारखाना) बनाउने कुरा हामी वास्ता गर्दैनौँ । भारत आफ्नो ख्याल आफैँ राख्न सक्छ ।’

गत अप्रिल महिनाको शुरुमा ट्रम्पले भारतीय सामानमा २७ प्रतिशत भन्सार शुल्क वृद्धिको घोषणा गरेका थिए । यद्यपि ९ जुलाईसम्म यो भन्सार शुल्क स्थगित गरिएको छ ।

भारतले अमेरिकाबाट आयात हुने केही सामानमा भन्सार घटाउने घोषणा गरिसकेको छ । खासगरी, बोर्बोन ह्विस्की, मोटरसाइकल र अन्य अमेरिकी उत्पादनमा भारतले भन्सार शुल्क घटाएको छ ।

अमेरिका र भारतबीचको व्यापारमा अमेरिकालाई ४५ अर्ब डलर बराबरको घाटा छ । ट्रम्प यसलाई घटाउन चाहन्छन् ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ५७ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण