महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, कर्णालीको बेरुजु ४५ करोड ९४ लाख « Khabarhub

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, कर्णालीको बेरुजु ४५ करोड ९४ लाख


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– महालेखापरीक्षकको कार्यालयको कर्णाली प्रदेशको सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यज्ञराज जोशी सामु बुझाएको छ । कर्णाली प्रदेशका निकाय तथा कार्यालयको आर्थिक वर्ष २०८०.८१ को विनियोजन, राजस्व, धरौटी, र अन्य कोष तथा बक्यौतासमेत लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन कार्यालयका नायब महालेखापरीक्षक रामप्रकाश महतोमार्फत प्रदेश प्रमुख समक्ष पेश गरिएको हो । 

कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८०-०८१ मा एक ४० कार्यालयको ३७ अर्ब ५८ करोड ६६ लाख ९९ हजारको लेखापरीक्षण सम्पन्न गरिएको मध्ये प्रदेश मन्त्रालय तथा निकायतर्फ एक सय २८ कार्यालयको ३० अर्ब ५ करोड ४० लाख ३४ हजार, समिति र अन्य संस्थातर्फ १२ संस्थाको ७ अर्ब ५३ करोड २६ लाख ६५ हजार रहेको छ । 

लेखापरीक्षणबाट कुल बेरुजु ४५ करोड ९४ लाख ८२ हजार कायम भएको छ । त्यसमध्ये प्रदेश सरकारी कार्यालयको ३४ करोड ९९ लाख २० हजार र समिति तथा अन्य संस्थाको १० करोड ९५ लाख ६२ हजार रहेको छ । 

त्यसमध्ये असुल गर्नुपर्ने ६ करोड ६९ लाख ९ हजार, नियमित गर्नुपर्ने १९ करोड २६ लाख ६९ हजार, पेश्की बाँकी ९ करोड ३ लाख ४२ हजार रहेको कार्यालयले जनाएको छ । 

प्रदेश सरकारी कार्यालय र संस्थातर्फ लेखापरीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ४ अर्ब १२ करोड ५ लाख ८४ हजार रहेको छ । त्यो मध्ये प्रदेश सरकारी कार्यालयहरूको ३ अर्ब ५० करोड ३८ लाख ३८ हजार र  समिति र अन्य संस्थाको ६१ करोड ७० लाख ४६ हजार रहेको छ । 

निकायगत बेरुजुमा कुल बेरुजु मध्ये भौतिक पूर्वाधार मन्त्रालयको १८ करोड २१ लाख २० हजार, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको ५ करोड ४६ लाख ५८ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ४ करोड १० लाख ९६ हजार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको २ करोड ६६ लाख १७ हजार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १ करोड ५६ लाख ७ हजार र अन्य निकायको १३ करोड ९३ लाख ८४ हजार रहेका छन् । 

बेरुजु सम्परीक्षणमा २९ करोड ६८ लाख ४४ हजार बेरुजु सम्परीक्षण भएको छ । त्यो मध्ये प्रदेश सरकारी कार्यालयहरूको २८ करोड ९० लाख २५ हजार समिति र अन्य संस्थाको ७८ लाख १९ हजार रहेको छ । 

लेखापरीक्षणबाट कुल २ करोड ९४ लाख ८७ हजार असुली भएको छ । त्यो मध्ये लेखापरीक्षणको क्रममा ६८ लाख ६० हजार, प्रारम्भिक प्रतिवेदन पठाएपछि १६ लाख २० हजार सम्परीक्षणको क्रममा २ करोड १० लाख ७ हजार रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : ३३ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ