प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो « Khabarhub

प्राधिकरणका प्रवक्ता भन्छन्- भारतबाट ढल्केबरमा जोडिने लाइनमा फल्ट देखियो


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ।

खाना पकाउने समयमा बिजुली जाँदा काठमाडौं उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सब-स्टेसन प्राविधिक समस्या आउँदा देशभर अघोषित लोडसेडिङको अवस्था आएको हो ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सब-स्टेशनमा प्राविधिक समस्या देखिँदा काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वीभागमा बत्ती गएको बताएका छन् ।

उनका अनुसार भारतबाट आउने लाइनमा फल्ट हुँदा बिजुली गएको हो । ‘भारतबाट बेलुका त बिजुली आउँदैन । दिउँसो मात्रै आउने भए पनि फल्ट हुँदा समस्या भएको हो’, उनले भने, ‘बिजुली नआए पनि फ्रिक्वेन्सी मिलाउनुपर्ने हुन्छ । अहिले फल्ट भेटिएको स्थानमा मर्मत भइरहेको छ । केही बेरमा बिजुली आउँछ ।’

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : २३ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश