काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या « Khabarhub

काठमाडौंसहित देशका मध्य र पूर्वी भाग अन्धकार, ढल्केबर सब-स्टेशनमा समस्या


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार साँझ संघीय राजधानी काठमाडौंसहित देशभरका अधिकांश स्थानमा बिजुली गएको छ।

खाना पकाउने समयमा बिजुली जाँदा काठमाडौं उपत्यकासहित देशका धेरैजसो भाग अन्धकार भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सब-स्टेसन प्राविधिक समस्या आउँदा देशभर अघोषित लोडसेडिङको अवस्था आएको हो ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले ढल्केबर सब-स्टेशनमा प्राविधिक समस्या देखिँदा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बत्ती गएको बताएका छन् ।

अहिले ढल्केबर सब-स्टेशनको समस्या खोज्न प्राविधिक टोली जुटिसकेको उनले बताएका छन् । समस्याको समाधान भइरहेकाले बत्ती आउन केही समय लाग्ने उनले जानकारी दिए ।

यसअघि गत वैशाख ३ गते पनि ढल्केबरमा रहेको सब-स्टेसनस्थित ग्रीडमा आगलागी भएको थियो । त्यसबेला धनुषासहित तीन जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको थियो ।

त्यसबेला ढल्केबर ग्रीडको सिन्धुलीतर्फ जाने प्रसारण लाइनमा सिटी पड्किएर आगलागी भएको थियो । उक्त आगलागीका कारण धनुषा, महोत्तरी र सर्लाही जिल्लाका केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

त्यसबेला आगलागीका कारण पार्टपुर्जा जलेर क्षति पुगेको थियो । त्यसअघि पनि त्यही सब-स्टेशनमा आगलागी भएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ७ : १४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार