आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई « Khabarhub

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना गर्ने वडाध्यक्ष नवीन मानन्धरलाई प्रवक्ताबाट हटाएका छन् ।

गत चैत २१ गते काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा प्रवेश गराउन मुख्य भूमिका खेलेका मानन्धरलाई हटाएर नयाँ प्रवक्तामा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई तोकिएको छ । उनलाई सूचना प्रविधि समिति संयोजक बनाएर उक्त जिम्मेवारी दिइएको हो ।

गुरागाईंलाई वडाअध्यक्षहरू र कर्मचारीले नगरप्रहरीको घेरा तोड्दै कमलादीस्थित कार्यालयमा छिराउँदा मानन्धर अग्रमोर्चामा थिए । त्यसपछि उनले बालेनलाई तीन वर्षसम्म काँधमा हालेर बोके पनि अब नसकिने भन्दै कडा आलोचना गरेका थिए ।

त्यहीकारण उनलाई प्रवक्ताबाट हटाइएको बताइएको छ । बालेनले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरूको जिम्मेवारी हेरफेर गरेका छन् । बालेनले आफ्नो विरोधमा उत्रिने र प्रमुख प्रशासकीय अधिकृतको पक्षमा उभिने वडाध्यक्षहरूलाई भूमिकाविहीन बनाएका हुन् ।

काठमाडौं महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको छ ।

जसअनुसार सूचना प्रविधि समिति, सुशासन समिति, सम्पदा तथा पर्यटन समिति र विधायन समिति छन् ।

यी समितिमा क्रमशः वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन संयोजक थिए ।

अब ती समितिमा क्रमशः वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र वडा नम्बर १६ का अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् । रेजिना उपनिर्वाचनबाट विजयी रास्वपाकी नेतृ पनि हुन् ।

वडा नं १७ का अध्यक्ष मानन्धर यसअघि २ साउन २०७९ मा महानगरका प्रवक्ता बनेका थिए । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आइतबार बसेको छैटौँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ८ : २५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको