‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’ | Khabarhub Khabarhub

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीसँग बागमती प्रदेशका विभिन्न मन्त्रालयका अधिकारी र विषयगत सम्पर्क अधिकारीहरुबीच विपद् व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज प्राधिकरणका कार्यकारी प्रमुखलगायत उच्च अधिकारीहरुले बागमती प्रदेशअन्तर्गतका मन्त्रालयका अधिकारीहरु एवं विषयगत विपद् सम्पर्क व्यक्तिहरुबीच भएको छलफलमा उनीहरुले विपद् व्यवस्थापन तथा न्यूनीकरणमा तीनै तह र सङ्घसंस्थाहरुले उच्च प्राथमिकताका साथ कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

सो विषयमा छलफल गर्न आएको बागमती प्रदेशको एक टोलीसँगको अन्तरक्रियामा प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले विपद् व्यवस्थापन तीनै तहको दायित्व रहेको उल्लेख गर्दै प्राधिकरणले प्रदेश तथा स्थानीय तहसँगको समन्वयलाई उच्च प्राथमिकता दिएको बताए । कार्यकारी प्रमुख भट्टले यस वर्षको मनुसन नेपाल भित्रिने सङ्घारमा रहेकाले पूर्वतयारी थाल्न आग्रह गर्दै त्यसक्रममा जनचेतनामूलक कार्यक्रमलाई पनि उचित ध्यान दिन सुझाव दिए ।

प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले विपद् उत्थानशील नेपाल बनाउन सबै तहको भूमिका रहेको उल्लेख गर्दै बजेट निर्माणका क्रममा राष्ट्रिय परिषद्बाट पारित ‘पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पुनर्लाभ योजना (२०८१÷०८२–२०८३÷०८४)’ मा परेका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरे ।

बागमती प्रदेश आन्तरिक मामिला मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख हरिहर पोखरेलको नेतृत्वमा आएको टोलीले प्राधिकरणले व्यवस्थापन गरेका समन्वय संयन्त्र, सूचना प्रणाली एवं बजेट व्यवस्थापनलगायत विषयमा छलफल गरेको थियो ।

प्राधिकरणका उपसचिव वेदनिधि खनालले प्राधिकरण र प्रदेशबीचको सहकार्यका क्षेत्र, त्यसका लागि तयार प्रणाली तथा संयन्त्रका साथै सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहमा क्षमता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहललगायतका विषयवस्तु समेटिएको प्रस्तुतीकरण राखेका थिए ।

सो क्रममा बागमती प्रदेश आन्तरिम मामिला मन्त्रालयले विषयगत क्षेत्रको नेतृत्व गर्ने प्रदेश मन्त्रालयका विपद् सम्पर्क व्यक्तिहरु, प्रदेश सुरक्षा निकायका प्रतिनिधिहरु, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीहरु एवं नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटका प्रदेश प्रतिनिधिहरुको विपद् जोखिम न्यूनीकरणसम्बन्धी क्षमता विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष जानकारी लिन प्राधिकरणमा आएको जानकारी गराइएको थियो । सो क्रममा प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ९ : ३० बजे

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई