दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक « Khabarhub

दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

लण्डन – अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका टेस्ट विश्व च्याम्पियनसिप बनेको छ। दक्षिण अफ्रिकाको सो सफलतासँग जोडिएको केही तथ्य छन्।

यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकाले आइसिसी नकआउट ट्रफी जितेको थियो। दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य पार गरेको थियो। सो टोलीले टेस्ट क्रिकेटमा सफलतापूर्वक पछ्याएको यो पाँचौँ ठुलो योगफल हो।

दक्षिण अफ्रिकाले लगातार ८ टेस्ट शृङ्खला जितेको छ। यो दोस्रो लामो समय विजयी शृङ्खला हो। यसअघि दक्षिण अफ्रिकी टोलीले सन् २००२-०३ मा लगातार ९ टेस्ट जितेर सफलता पाएको थियो।

कप्तान तेम्भा बुभमाको नेतृत्वमा दक्षिण अफ्रिकाले खेलेको १० खेलमा ९ मा जित तथा एकमा बराबरी भएको छ। यो आफैमा अभूतपूर्व सफलता मानिएको छ। यसैगरी आइडन म्यात्रम पछिल्ला चार पारीमा तीन शतक पुरा गर्न सफल भए। यो उनको अर्को महत्त्वपूर्ण सफलता हो। यसअघि दक्षिण अफ्रिकी ग्रेम स्मिथले लगातार चार पारीमा शतक प्रहार गरेका थिए।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : १९ बजे

लगातारको वर्षाले एनपीएलका शनिबारका खेल प्रभावित

 काठमाडौँ – लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार

बडीमालिकामा भारी हिमपात : दुई जना पर्यटक सम्पर्कविहीन

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा पुगेका दुई जना

रास्वपा सचिवालय बैठक सुरु, प्रधानमन्त्री साह अनुपस्थित

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक

जलमग्न त्रिवि क्रिकेट मैदान, खेल प्रभावित हुने सम्भावना बढ्यो (तस्बिरहरू) 

काठमाडौँ – निरन्तरको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत

नेपाली आईटी कम्पनीलाई ग्लोबल युनिकर्न बनाइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि