सदनलाई मर्यादित बनाउन रास्वपा र राप्रपालाई सभामुखको आग्रह « Khabarhub

सदनलाई मर्यादित बनाउन रास्वपा र राप्रपालाई सभामुखको आग्रह


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोधबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

सभामुख घिमिरेले आइतबार बिहान संसद भवन नयाँबानेश्वरस्थित कार्यकक्षमा रास्वपा कार्यवाहक अध्यक्ष अर्यालसँग सदनलाई मर्यादित बनाउन आग्रह गरे ।

उनले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल छिटोभन्दा छिटो सुरु गर्ने पर्ने बाध्यता रहेको भन्दै अवरोधको स्वरुप बदल्न भनेका थिए ।

अर्यालले भने आफूहरूको अवरोध जारी रहने बताउँदै संसदलाई मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरे ।

गत शुक्रबारको बैठकमा अवरोधका क्रममा संसदीय मर्यादाविपरीतका गतिविधि भएकोबारे आइतबार बिहान भएको बैठकमा प्रमुख सचेतकहरूले सभामुखको ध्यानाकर्षण गराएका थिए ।

यस्तै, सभामुखले राप्रपा अध्यक्ष लिङ्देनलाई टेलिफोन संवादमार्फत संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।

सभामुखले संसदमा आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ११ : ५३ बजे

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको