श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर | Khabarhub Khabarhub

श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर

६ महिना कैद र एक लाख क्षतिपूर्ति तिराउन अदालतको आदेश


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमान् दोषी ठहर भएका छन् ।

धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ति तिराउने आदेश दिएको हो ।

न्यायाधीश वर्देवाको इजलाशले जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणको लागि पेश गर्ने निर्णय सुनाएको थियो । 

जेठ २९ गतेको पेशीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न लगाउने आदेश दिएपछि गत शुक्रबार भएको पेशीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख क्षतिपूर्ति तिराउने आदेश दिएको हो । श्रीमानले जबरजस्ती करणी गरेको भन्दै धनुषा जिल्ला अदालतमा २०७९ चैत २१ गते श्रीमतीले मुद्दा दायर गरेकी थिइन् ।

मुद्दा दायर गरेपछि २०८० साउन २१ गते पहिलो पेशी चढेको थियो । पहिलो पेशीमा अदालतले धरौटी माग गर्ने आदेश दिएको थियो । कुल ३६ वटा पेशी चढेपछि शुक्रबार उनको मुद्दामा अन्तिम आदेश आएको हो ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ०१ बजे

समीक्षा : परान भरिएको ‘परान’

फिल्म : परान शीर्ष कलाकार – नीर शाह मुख्य कलाकार : महेश

एमालेमा महाधिवेशन प्रतिनिधि छनौटका सात आधार

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा