तीन करोडभन्दा तलका आयोजनामा बजेट नराख्नुपर्थ्यो : पूर्वअर्थमन्त्री महत « Khabarhub

प्रतिनिधि सभा बैठक

तीन करोडभन्दा तलका आयोजनामा बजेट नराख्नुपर्थ्यो : पूर्वअर्थमन्त्री महत


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना राखेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलप्रति टिप्पणी गरेका छन्‌ ।

आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्ति छलफलमा सहभागी हुँदै डा. महतले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने कार्यविधि पालना नभएको उल्लेख गरेका हुन्‌ ।

अर्थमन्त्री पौडेलले पनि बजेटअघि आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना कार्यान्वयन नगर्ने जनाएका थिए । तर, पौडेलले बजेटमा नेताविशेषका क्षेत्र र नाममा एक लाख रुपैयाँसम्म बजेट पनि हालिदिएका छन्‌ ।

अर्थमन्त्री पौडेलको यो कदमलाई लिएर पूर्वअर्थमन्त्री महतले भने, ‘सङ्घीय बजेटले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने जुन हामीले कार्यविधि बनाएका थियौँ – त्यो कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको छ । तै पनि तीन करोडको जुन सीमामा बजेट विनियोजन गर्ने, कम्तिमा पनि तीन करोडभन्दा तल बजेट नराख्ने कुरामा जति अर्थमन्त्रीजी त्यसमा अझ सशक्त हुनुपर्थ्यो – त्यसमा कतिपय बजेट प्रस्तावहरू तीन करोडभन्दा अहिले पनि रहेको अवस्था छ ।’

यसमा अझ निडर भएर अझ सार्थक ढङ्गबाट यो बजेट आएको भए अझै बढी परिणाममुखी हुन्थ्यो भन्दै डा. महतले चार हजारभन्दा धेरै आयोजनाहरूलाई कटौती गरेकोमा अर्थमन्त्रीको प्रशंसा पनि गरे ।

‘अहिलेको देशको आवश्यकता बजेटमा अनुशासन, विनियोजनमा अनुशासन र परिणाममुखी विनियोजन नै हो । त्यसबाट मात्रै आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्न सक्छ । आउँदा दिनमा सरकार अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ’, महतले थपे ।

आगामी बजेटले विनियोजन अराजकता र अनुशासनहीनता पनि अन्त्य गरेको महतले दाबी गरे । भने, ‘जुन अराजकता, जुन अनुशासनहीनता, जुन किसिमको विनियोजन धेरै गर्ने, परिणाम प्राप्त नहुने परिस्थिति थियो – त्यसलाई कम गर्न यो बजेटले कोशिश गरेको छ ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ३ : १६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता