कोशी प्रदेशमा वैशाखसम्म ३९.२८ प्रतिशत मात्रै खर्च « Khabarhub

कोशी प्रदेशमा वैशाखसम्म ३९.२८ प्रतिशत मात्रै खर्च


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेश सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ । सो प्रदेशले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विनियोजित बजेटमा पुँजीगत शिर्षकमा जम्मा ३९.२८ प्रतिशत खर्च गरेको हो ।

सो प्रदेशले वैशाख मसान्तसम्म पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख अर्थात् ३९.२८ प्रतिशत र चालुतर्फ नौ अर्ब ३१ लाख अर्थात् विनियोजनको ५५.३ प्रतिशत खर्च भएको जनाएको छ ।

सो प्रदेशले चालु आर्थिक वर्षमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १७ अर्ब ९० करोड १० लाख र पुँजीगततर्फ १७ अर्ब ३५ करोड ८२ लाख र वित्तीय हस्तान्तरणतर्फ दुई करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : ०५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक