स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता « Khabarhub

स्वास्थ्यकर्मी बीमा गराउँदै रुरुक्षेत्र गाउँपालिका, लगानी कोषसँग सम्झौता


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नागरिक लगानी कोष र लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबीच महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षरपछि कोषका कार्यकारी निर्देशक कार्कीले पेन्सन योजनामा सहभागीको रकम सुरक्षित रहने र अवकाशपछि पेन्सन सुविधा पाउने जानकारी दिए ।

उनले स्वःआर्जनमा रहेका र अन्य क्षेत्रका स्थानीय बासीलाई सहभागिताको लागि आग्रह गरे । त्यसैगरी गाउँपालिकाका अध्यक्ष ज्ञवालीले स्थानीय बासीले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

सम्झौता अनुसार पालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत रुरुक्षेत्र गाउँपालिकाद्वारा सञ्चालित स्वयमसेविकाको कल्याणकारी कोषबाट प्रति स्वास्थ्य स्वयमसेविकाको मासिक ८३० रुपैयाँ जम्मा गर्ने व्यवस्था गरिएको छ ।

पालिकाबाट सञ्चालित स्वयमसेविका कल्याणकारी कोष व्यवस्थापन अन्तर्गत व्यक्तिगत खाताको रकम वा अन्य कुनै ऋण वा सहुलियत सम्बन्धित व्यक्ति वा हकवालालाई उपलब्ध गराउँदा पालिकाको सिफारिसको आधारमा मात्र उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ ।

यस योजनामा सहभागी स्वयमसेविकाहरूलाई पेन्सन योजना सञ्चालन कार्यविधि,२०७६ अनुसार स्वयमसेविका र पालिकाको तर्फबाट जम्मा भएको रकमका आधारमा जम्मा भएको रकम एकमुष्ठ वा ६० वर्ष पुगेपछि पेन्सन उपलब्ध गराउनु पर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।

सहभागीहरूलाई नागरिक पेन्सन योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्मको रकम पालिकाको सिफारिसका आधारमा सापटी प्रदान गर्न सकिने व्यवस्था कोषले मिलाएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ५ : २१ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको