खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान | Khabarhub Khabarhub

खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा इजरायलको आक्रमण इरानभन्दा बाहिर युद्ध विस्तार गर्ने प्रयास भएको बताएका छन् । “द्वन्द्वलाई फारसी खाडी क्षेत्रमा तान्नु एउटा ठूलो रणनीतिक गल्ती हो, सम्भवतः जानाजानी र युद्धलाई इरानी क्षेत्रभन्दा बाहिर विस्तार गर्ने उद्देश्यले गरिएको हो”, विदेशी कूटनीतिज्ञहरूसँगको बैठकमा अराघचीले भने ।

उनले इरानको दक्षिणी बुसेहर प्रान्त नजिकै समुद्री क्षेत्रमा अवस्थित दक्षिण पार्समा सञ्चालित एक केन्द्रमा भएको आक्रमणलाई उल्लेख गर्दै यस्तो बताएका हुन् । यो क्षेत्रले इरानको घरेलु प्राकृतिक ग्यासको करिब ७० प्रतिशत आपूर्ति गर्दछ । साउथ पार्स÷नर्थ डोम मेगा–फिल्ड विश्वको सबैभन्दा ठूलो ज्ञात ग्यास भण्डार हो । यो विशाल क्षेत्र कतारसँग जोडिन्छ ।

इरानले सन् १९९० को दशकको अन्त्यदेखि आफ्नो भागमा पर्ने क्षेत्रको विकास गर्दै आएको छ । इरानी सञ्चारमाध्यमले शनिबार इजरायली ड्रोनले साउथ पार्स फेज १४ को एउटा सुविधालाई लक्षित गरेपछि ‘ठूलो विस्फोट’ र आगलागी भएको रिपोर्ट गरेको थियो ।

अराघचीले आक्रमणलाई ‘एक अत्यन्त खतरनाक कदम’ भनेर वर्णन गर्दै खाडीमा कुनै पनि सैन्य गतिविधिमा ‘सम्पूर्ण क्षेत्र–र सम्भवतः सम्पूर्ण विश्व संलग्न हुनसक्छ’ भनी जोड दिए । शुक्रबार इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण गरेको थियो जसमा शीर्ष सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरू मारिए र देशभरका सैन्य आधारहरू, आणविक स्थलहरू र आवासीय क्षेत्रहरूमा आक्रमण गरियो । त्यसपछि इरानले इजरायलमाथि घातक क्षेप्यास्त्र आक्रमण गरेको छ । आइतबार राति कम्तीमा १० इजरायलीको मृत्यु भएको छ र दर्जनौँ घाइते भएका छन् ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ०१ बजे

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार

कम्बोडियामा ८० जना दक्षिण कोरियाली बेपत्ता

एजेन्सी – नक्कली रोजगारी तथा सम्भावित ठगी प्रकरणका सिकार बनेका

बाढीले झापाको ५१२ हेक्टर कृषिबालीमा क्षति

भद्रपुर– यही असोज १८ देखि २० गतेसम्म भएको लगातारको वर्षापछि