इजरायल–इरान तनावः इजरायलद्वारा तेस्रो दिन पनि हवाई क्षेत्र बन्द « Khabarhub

इजरायल–इरान तनावः इजरायलद्वारा तेस्रो दिन पनि हवाई क्षेत्र बन्द


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली सेनाको सैन्य अभियानको जवाफमा इरानले दुई रातसम्म घातक क्षेप्यास्त्र आक्रमण गरेपछि इजरायली अधिकारीहरूले आइतबार लगातार तेस्रो दिन देशको हवाई क्षेत्र बन्द गरिएको बताएका छन्।

इजरायली यातायात र विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “सुरक्षा स्थितिका कारण र सुरक्षा अधिकारीहरूको निर्देशनअनुसार इजरायली हवाई क्षेत्र हाल नागरिक उड्डयनका लागि बन्द गरिएको छ । कुनै पनि आगमन वा बहिर्गमन उडानहरू सञ्चालन भइरहेका छैनन् ।”

इजरायली सेनाले इरानमा सैन्य र आणविक लक्ष्यमा आक्रमण गर्न थालेपछि शुक्रबारदेखि हजारौँ इजरायली नागरिक विदेशमा अलपत्र परेको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले इजरायललक्षित जवाफी कारबाहीमा इजरायली शहरहरूमा सयौं ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा आवासीय भवनहरू ध्वस्त भएका थिए र तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको थियो।

इजरायलको विमानस्थल प्राधिकरणका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा तेल अभिभ नजिकै रहेको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहने पुष्टि गर्दै भनिएको छ, “कम्तीमा छ घण्टाको पूर्व चेतावनीसहित यसलाई पुनः सञ्चालन गर्ने सूचना दिइनेछ ।”

“इजरायलका लागि उडान पुनः सुरु गर्ने निर्णय सुरक्षित ठानेपछि मात्र हुनेछ,” विज्ञप्तिमा भनिएको छ।
यसैबीच, जोर्डन र इजिप्टको सिनाई प्रायद्वीपमा इजरायलको सीमा नाका खुला रहेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ५४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते