जहाँ जाऊ लागिरहन्छ माया देशको… | Khabarhub Khabarhub

जहाँ जाऊ लागिरहन्छ माया देशको…


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – “मेरो बाउबाजे नेपाल आउन नपाई संसार त्याग्नुभयो, म यहाँ आउन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु”, म्यान्मारबाट पहिलो पटक नेपाल आएकी अस्मिता न्यौपानेले भनिन्। नेपालबाट म्यानमार गएको उनीभन्दा अघिको सातौ पुस्ता हो । त्यसपछाडिको कोही पनि नेपाल आउन नभएपछि न्यौपाने भने आफू आउन पाउँदा दङ्ग थिइन् ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष उनले नेपाल आउनुको खुसी मात्रै पोख्नु भएन, नेपाली गीत पनि गाएर सुनाइन् । उनी नेपाल आउने अवसर भने नेपाल टेलिभिजनबाट प्रसारण हुने मेरो भ्वाइस युनिभर्स कार्यक्रमले जुराइदिएको थियो ।

उक्त कार्यक्रमकि प्रतियोगी न्यौपाने जस्ता विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली भाषाीहरुले सञ्चारमन्त्री गुरुङसमक्ष भावना साटासाट गरेका छन् । उनीहरुले सामूहिक रुपमा राष्ट्रिय भाव झल्काउने ‘भाषावेशको जहाँ जाऊ लागिरहन्छ माया देशको…’ बोलको गीतसमेत गाएर सुनाइन् ।

मन्त्री गुरुङले नेपालमा सुगौली सन्धिपछि, विश्व युद्धको प्रभाव र अहिले विश्वव्यापीकरण गरी तीन तरिकाले नेपालीहरु विभिन्न देशमा छरिएर रहेको उल्लेख गरे । विभिन्न कारणले नेपालीहरु जहाँ बसे पनि यहाँको संस्कार, संस्कृति र भाषाशैलीमार्फत नेपाललाई विश्वमा चिनाउने काम गरिरहेको उनले बताए ।

मन्त्री गुरुङले खास गरी कलासंस्कृतिले मुलुकको पहिचान विश्वव्यापीकरण गराउन मद्दत गर्ने हुँदा मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सजस्ता कार्यक्रमले ठूलो सहयोग गरेको बताए । “हामी जहाँ भए पनि नेपाली कलासंस्कृति भुल्नुहुँदैन, नेपाल टेलिभिजनले यस्ता खाले कार्यक्रममलाई महत्व दिन्छ र आगामी दिनमा पनि दिनेछ,” उनले भने ।

मन्त्री गुरुङले केही कारणवश फरक मुलुकमा बसोबास भए पनि नेपाली संस्कृति, संस्कार र भाषाले सबै नेपालीलाई एकतामा बाँधेको उल्लेख गरे ।

इन्ट्रा फाउन्डेसनद्वारा आयोजित मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रम तीन वर्षदेखि निरन्तर नेपाल टेलिभिजनमार्फत प्रसारण हुँदै आएको छ । फाउन्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईका अनुसार विभिन्न देशमा छरिएर रहेका नेपाली तथा विदेशी नागरिकलाई उनीहरुको गायन र नृत्यकलामार्फत एकसूत्र गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा विभिन्न ६० मुलुकबाट सहभागिता भएको थियो । हाल प्रतियोगितामा १६ देशका प्रतिभा छानिएका छन् । “नेपाली जहाँ गए पनि मन र संस्कृति नेपालमै छ, हामीले कलासंस्कृतिमार्फत राष्ट्रिय एकता बलियो बनाउने प्रयत्न गरेका छौँ”, कार्यकारी निर्देशक भट्टराईले भने।

नेपाल टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार मेरो भ्वाइस युनिभर्स प्रसारण हुन्छ भने आइतबार र सोमबार मेरो डान्स युनिभर्स प्रसारण हुँदै आएको छ । कार्यक्रममा प्रथम हुनेलाई पुरस्कार स्वरुप रु एकरएक करोड, दोस्रोलाई रु ३०र३० लाख, तेस्रो हुनेलाई रु १०र१० लाख र उत्कृष्ट १० मा पर्ने सबैलाई जनही रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ९ : ४० बजे

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

सुनसर– सुनसरीको बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला परेको छ ।

रास्वपाका नेताहरूसँग सभामुखको आग्रह : ‘संसदलाई बन्धक नबनाऔँ’

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति

‘जेब्रा क्रसिङ’मा कति सुरक्षित छन् यात्रु ? (तस्बिरहरू) 

काठमाडौं– पैदल यात्रुले सडक पार गर्न कि आकाशे पुलको व्यवस्था

प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंक बढीको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी