गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी « Khabarhub

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा तनहुँ र स्याङ्जा विजयी भएका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका यी टोलीले दोस्रो दिनसमेत जितको लयलाई कायम राखेका हुन् । प्रतियोगिताको लिग चरणअन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई एक सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

म्याग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २३ रनको विशाल योगफल खडा ग¥यो । तनहुँको जितमा कृष ऐरले ४८ बलमा एक सय दुई रनको शतकिय पारी खेले । त्यस्तै दिपेश अधिकारीले आक्रमक रुपमा खेल्दै २५ बलमा ५१ रन बनाउँदै साथ दिए । तनहुँका लागि समीर कँडेलले व्यक्तिगत १८ रन बनाए भने सुप्रिम सुनार २३ रनको योगदान दिए ।

म्याग्दीका लागि रोशन कार्की, सागर कटुवाल र हरि सुवेदीले एक÷एक विकेट लिए । खेलमा जितका लागि दुई सय २४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको म्याग्दीले १४ ओभरको चौथो बलमा ४६ रनमा बाहिरियो । रोशन कार्कीले १८ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क पार गर्न सकेनन् ।

यसैगरी दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा छ चौका र चार छक्कासहित ६१ रनको महत्वपूर्ण इनिङ्स खेले ।

खेलमा जितका लागि एक सय ७९ रनको लक्ष्य पछ्याउन उत्रेको बाग्लुङको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । बाग्लुङले पूरै २० ओभरमा एक सय रनमै सीमित रहँदा स्याङ्जाका बलर हाबी बने । बाग्लुङका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए । कप्तान विश्व कार्कीले १५ रन जोडे ।

प्रतियोगिताको समूह ‘ए’ को खेलमा स्याङ्जा र तनहुँ दुवै टोलीले दुई÷दुई खेल जित्दै चार÷चार अङ्क बटुलेका छन् भने म्याग्दी र बाग्लुङ अङ्कविहीन छन् ।

यसैगरी सोमबारको पहिलो खेल बाग्लुङ र म्याग्दी तथा दोस्रो खेल तनहुँ र स्याङजाबीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । प्रतियोगिता कूल आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा स्याङ्जा, बाग्लुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १० : ५१ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित