गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी | Khabarhub Khabarhub

गण्डकी प्रदेशस्तरीय क्रिकेट : तनहुँ र स्याङ्जा विजयी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय पुरूष टि–२० क्रिकेट प्रतियोगिताको आजको खेलमा तनहुँ र स्याङ्जा विजयी भएका छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा रहेका यी टोलीले दोस्रो दिनसमेत जितको लयलाई कायम राखेका हुन् । प्रतियोगिताको लिग चरणअन्तर्गत तनहुँ र म्याग्दी बीचको खेलमा तनहुँले एकपक्षीय प्रदर्शन गर्दै म्याग्दीलाई एक सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

म्याग्दीले टस जितेर पहिला फिल्डिङ रोजेपछि तनहुँले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २३ रनको विशाल योगफल खडा ग¥यो । तनहुँको जितमा कृष ऐरले ४८ बलमा एक सय दुई रनको शतकिय पारी खेले । त्यस्तै दिपेश अधिकारीले आक्रमक रुपमा खेल्दै २५ बलमा ५१ रन बनाउँदै साथ दिए । तनहुँका लागि समीर कँडेलले व्यक्तिगत १८ रन बनाए भने सुप्रिम सुनार २३ रनको योगदान दिए ।

म्याग्दीका लागि रोशन कार्की, सागर कटुवाल र हरि सुवेदीले एक÷एक विकेट लिए । खेलमा जितका लागि दुई सय २४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको म्याग्दीले १४ ओभरको चौथो बलमा ४६ रनमा बाहिरियो । रोशन कार्कीले १८ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क पार गर्न सकेनन् ।

यसैगरी दोस्रो खेलमा स्याङ्जाले उत्कृष्ट प्रदर्शन गर्दै बाग्लुङलाई ७८ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७८ रन बनायो । स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा छ चौका र चार छक्कासहित ६१ रनको महत्वपूर्ण इनिङ्स खेले ।

खेलमा जितका लागि एक सय ७९ रनको लक्ष्य पछ्याउन उत्रेको बाग्लुङको ब्याटिङ सुरुदेखि नै दबाबमा रह्यो । बाग्लुङले पूरै २० ओभरमा एक सय रनमै सीमित रहँदा स्याङ्जाका बलर हाबी बने । बाग्लुङका लागि दीपेश कुँवरले सर्वाधिक २७ रन बनाए । कप्तान विश्व कार्कीले १५ रन जोडे ।

प्रतियोगिताको समूह ‘ए’ को खेलमा स्याङ्जा र तनहुँ दुवै टोलीले दुई÷दुई खेल जित्दै चार÷चार अङ्क बटुलेका छन् भने म्याग्दी र बाग्लुङ अङ्कविहीन छन् ।

यसैगरी सोमबारको पहिलो खेल बाग्लुङ र म्याग्दी तथा दोस्रो खेल तनहुँ र स्याङजाबीच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । प्रतियोगिता कूल आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा स्याङ्जा, बाग्लुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १० : ५१ बजे

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको

मकवानपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु 

मकवानपुर–  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरूङको अन्त्येष्टि

भरतपुर– गण्डकी प्रदेशका पूर्वप्रमुख एवं नेपाली कांग्रेसका नेता पृथ्वीमान गुरूङको