ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान « Khabarhub

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर ल्याउने तयारी गरेकाे छ । केही सातामै ओपनएआईले एआईमा आधारित वेब ब्राउजर लन्च गर्ने अपेक्षा गरिएको छ ।

यसले प्रयोगकर्ताहरूलाई ब्राउजरभित्रै सबै जानकारी प्रदान गर्ने दाबी गरिएको छ । ओपनएआईले एआईमा आधारित ब्राउजर ल्याएको खण्डमा त्यसले गुगललाई ठूलो घाटा हुने विश्लेषण गरिएको छ । अहिले सबैभन्दा धेरै प्रयोग हुने ब्राउजरमा क्रोमको नाम शीर्ष स्थानमा आउँछ । क्रोमले ब्राउजर बजारको ६० देखि ७० प्रतिशत हिस्सा ओगट्दै आएको अनुमान गरिएको छ ।

नयाँ एआई ब्राउजरले प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने दाबी गरिएको छ । यसबाट प्रयोगकर्ताहरूले कुनै वेबसाइटमा प्रवेश नगरीकनै सबै जानकारी प्राप्त गर्न सक्नेछन् ।

समाचारमा दाबी गरिएअनुसार ओपनएआईले तयार गरिरहेको ब्राउजर क्रोमियममा आधारित छ । यो एक प्रकारको ओपन–सोर्स कोड हो । क्रोमियममै आधारित रहेर गुगलको क्रोम, माइक्रोसफ्ट एज र ओपेरा ब्राउजरको पनि विकास गरिएको हो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ४७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच