आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुलाई १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य रहेको छ। आजको यात्रामा समय र सम्पत्ति दुवै खर्च हुने जोखिम छ। सहकार्यमा गरेको काम बन्ने योग छ। बिहान उठेर गणेशको आरधना गरे दिन सहज बन्नेछ। आज आश नगरेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। स्वास्थ्य र शिक्षाले भने आशिंक फल दिनेछ।

वृष : दिन राम्रो छ। ठूलासँग मनको कुरा खोल्नाले काम बन्नेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ। दाजुभाइ बन्धुसँग गरेको सहकार्यबाट लाभ मिल्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

मिथुन : दिन राम्रो रहेको छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनसक्छ। संयम धारण गर्नुपर्नेछ। आज आम्दानी बढ्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। जग्गा जमिनसम्बन्धी कारोबारमा घाटा हुनेछ। परिवारसँग खटपटि हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मनमा शान्ति मिल्नेछ।

सिंह : दिन राम्रो छ। अडैया शनिको प्रभाव भएकापनि शुभ ग्रहको बहुमत छ। परिवारमा मेलमिलाप हुनेछ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीको स्रोत फेला पर्ने योग रहेको छ।

कन्या : दिन सामान्य छ। तपाईंको कामको बोझले शरीरमा शिथिलता ल्याउनेछ। विश्रामको आवश्यकता छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय हुनेछन्। परिवारसँग खटपटी बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

तुला : दिन सामान्य छ। तपाईको कामको फाइदा अरुले लिनेछन्। आफन्तले भन्दा अरुले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउने सम्भावना छ। पारिवारिक सम्बन्ध सामान्य छ।

वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। अरुको कुराले मन दुःखी बनाउनेछ। साथीभाइसँगको जमघटले मन खुसी हुनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय हुनेछन्। सम्मान पाउने योग रहेको छ।

धनु : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम गर्न सहज छ। बौद्धिक साथी विपक्षी भएकाले बोलीमा ख्याल गर्नुपर्ने छ। पारिवारिक सम्बन्ध सहज हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। शिक्षाको क्षेत्रमा प्रयास आवश्यक छ।

मकर : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्य लाभ हुनेछ। शिक्षामा तपाईंको उल्लेखनीय जोश जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा आउनेछ। शत्रु बढ्नेछन्। मानसम्मान बढ्नेछ।

कुम्भ : शुभग्रहको बहुमत छ। दिन सामान्य राम्रो छ। आज खर्च बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। कुरा काट्ने बढ्नेछन्। स्वास्थ्यमा भने समस्या आउने छ। बिहानै उठेर शिवभजन गर्नु राम्रो हुनेछ।

मीन : दाजुभाइसँगको सहकार्यले तपाईलाई फाइदा हुनेछ। सानातिना कुराले मन तरंगीत हुनेछ। मध्य साढेसातीको प्रभाव रहेकाले हरेक काममा बाधा अड्चन देखिनेछ। गणेश भगवानको आरधना गर्नु उपयुक्त हुनेछ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ११ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना