हाइड्रोको आईपीओ रोकिएपछि आन्दोलनको अवस्थामा पुग्यौँ : इप्पान अध्यक्ष « Khabarhub

हाइड्रोको आईपीओ रोकिएपछि आन्दोलनको अवस्थामा पुग्यौँ : इप्पान अध्यक्ष


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जलविद्युत कम्पनीहरूको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अवरुद्ध हुन थालेपछि निजी क्षेत्र आन्दोलनको अवस्थामा पुगेको बताएका छन् ।

इप्पानको २३औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले जलविद्युत् आयोजना सञ्चालन गर्न आवश्यक पूँजी जुटाउन आईपीओ महत्वपूर्ण माध्यम भए पनि पछिल्लो समय सरकार र नियामक निकायले प्रक्रिया सहज बनाउन चासो नदिएको कार्कीको भनाई थियो ।

आयोजनाहरू अगाडि बढाउन चाहने कम्पनीहरू लामो समयदेखि शेयर निष्कासनका लागि प्रतीक्षामा रहेको कार्कीले बताए । तर, आवश्यक अनुमति समयमै नआउँदा आयोजना प्रभावित भएको कार्कीको भनाई थियो ।

कार्कीले धितोपत्र बोर्ड र ऊर्जा मन्त्रालयबीच समन्वयको अभावले ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश गएको उल्लेख गर्दै नीति तहमा भएका असजिलो प्रक्रिया र ढिलासुस्तीका कारण निजी क्षेत्र निरुत्साहित हुन थालेको  उल्लेख गरे ।

उनले जलविद्युत् आयोजनामा सर्वसाधारणको लगानी विस्तार गर्न तथा मुलुकलाई ऊर्जा आत्मनिर्भर बनाउने लक्ष्य हासिल गर्न शेयर निष्कासन सहज हुनुपर्ने धारणा राखे ।

अध्यक्ष कार्कीले अवस्था यथावत् रहेमा निजी क्षेत्र आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले लगानीमैत्री वातावरण बनाउन नीति तथा कानूनमा सुधार आवश्यक रहेको धारणा राखे । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ४४ बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको