सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा « Khabarhub

७८ लाख घुस प्रकरण

सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन् ।

उनले आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामा बुझाएको उल्लेख गरेका छन् ।

कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा ७८ लाख रुपैयाँ घुसको डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई राजीनामा गर्न चर्को दाबाब परेको थियो ।

मन्त्री गुप्ताले कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ भन्दै आफू त्यसको शिकार भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘प्रविधिको उच्चतम् प्रयोगको शिकार अब अरु कोही पनि नबनून् भन्ने अपेक्षा गर्दै आजसम्म विभिन्न रूपले आफूलाई सहयोग गर्ने सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछु।’  

मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्न २५ लाख रुपैयाँ घुसको डिल गरेको अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले समेत छानबिन अघि बढाइसकेको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : २४ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट