जैविक विविधता बढाउन वृक्षरोपण अभियान « Khabarhub

जैविक विविधता बढाउन वृक्षरोपण अभियान


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर सबडिभिजन वन कार्यालयले विभिन्न जातका ९९ हजार ५०० रुखका बिरुवा उत्पादन गरेको छ ।

रुख रोपेर हरियाली बढाउने उद्देश्यले उत्पादन गरिएका यी बिरुवा निःशुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोपण गर्न प्रयोग गरिने जनाइएको छ ।

सबडिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत रामकेवल रायका अनुसार महोगनी, टिक, खयर, अमला, गुलमोहर, अर्जुन, शनि, तेजपात, गम्हाइर, सरिफा, जामुन, इपिल–इपिल, बकाइन, बयर, लिची, बरो, टाकीलगायत प्रजातिका बिरुवा उत्पादन गरिएको हो ।

यो कार्यक्रम सङ्घीय सरकारअन्तर्गतको राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रदेश सरकार तथा चुरे जलवायु उत्थानशील चुरे कार्यक्रमअन्तर्गत सञ्चालित भएको हो ।

स्थानीय नगरपालिका, गाउँपालिका तथा वन क्षेत्रलाई हराभरा र वातावरणमैत्री बनाउन यस वर्ष पनि कार्यालयले हजारौँ बिरुवा उत्पादन गरेको वन अधिकृत रायले बताए । उनले भने, ‘स्थानीय बासिन्दालाई निःशुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोप्नका लागि यी बिरुवा तयार गरिएको हो ।’

उत्पादित बिरुवा डिभिजन वन कार्यालय लहान र क्षेत्रीय वन निर्देशनालयबाट निरीक्षण तथा पास भएपछि मात्र सम्बन्धित पालिकामार्फत वितरण गरिनेछ । बाँकी रहेका बिरुवा भने प्रत्यक्ष रूपमा वनजङ्गल क्षेत्रमा वृक्षरोपण गरिने वन अधिकृत रायले जानकारी दिए ।

वन कार्यालयले हरेक वर्ष यस्ता बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ । वातावरण संरक्षण र जैविक विविधता बढाउने उद्देश्यले यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वन कार्यालयको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ५८ बजे

देश नयाँ शिराबाट अगाडि बढ्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक

बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘न्युज फेस्टिबल’

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि ‘तेस्रो लुम्बिनी न्युज फेस्टिबल’ आयोजना

हनुमान ढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौं– हनुमान ढोका दरबार सङ्ग्रहालयको मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा– मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक

गाडीको ठक्करबाट एक जनाको मृत्यु

काँक्रेविहार– गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५