जैविक विविधता बढाउन वृक्षरोपण अभियान « Khabarhub

जैविक विविधता बढाउन वृक्षरोपण अभियान


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–१ स्थित बन्दीपुर सबडिभिजन वन कार्यालयले विभिन्न जातका ९९ हजार ५०० रुखका बिरुवा उत्पादन गरेको छ ।

रुख रोपेर हरियाली बढाउने उद्देश्यले उत्पादन गरिएका यी बिरुवा निःशुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोपण गर्न प्रयोग गरिने जनाइएको छ ।

सबडिभिजन वन कार्यालयका प्रमुख तथा वन अधिकृत रामकेवल रायका अनुसार महोगनी, टिक, खयर, अमला, गुलमोहर, अर्जुन, शनि, तेजपात, गम्हाइर, सरिफा, जामुन, इपिल–इपिल, बकाइन, बयर, लिची, बरो, टाकीलगायत प्रजातिका बिरुवा उत्पादन गरिएको हो ।

यो कार्यक्रम सङ्घीय सरकारअन्तर्गतको राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम, प्रदेश सरकार तथा चुरे जलवायु उत्थानशील चुरे कार्यक्रमअन्तर्गत सञ्चालित भएको हो ।

स्थानीय नगरपालिका, गाउँपालिका तथा वन क्षेत्रलाई हराभरा र वातावरणमैत्री बनाउन यस वर्ष पनि कार्यालयले हजारौँ बिरुवा उत्पादन गरेको वन अधिकृत रायले बताए । उनले भने, ‘स्थानीय बासिन्दालाई निःशुल्क वितरण तथा वनजङ्गल क्षेत्रमा रोप्नका लागि यी बिरुवा तयार गरिएको हो ।’

उत्पादित बिरुवा डिभिजन वन कार्यालय लहान र क्षेत्रीय वन निर्देशनालयबाट निरीक्षण तथा पास भएपछि मात्र सम्बन्धित पालिकामार्फत वितरण गरिनेछ । बाँकी रहेका बिरुवा भने प्रत्यक्ष रूपमा वनजङ्गल क्षेत्रमा वृक्षरोपण गरिने वन अधिकृत रायले जानकारी दिए ।

वन कार्यालयले हरेक वर्ष यस्ता बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ । वातावरण संरक्षण र जैविक विविधता बढाउने उद्देश्यले यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको वन कार्यालयको भनाइ छ । (रासस)

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ५८ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले