सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो « Khabarhub

होप फर्टिलिटीमा किशोरीहरूको डिम्ब कारोबार

सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८ वर्षमुनिका दुई किशोरीको डिम्ब बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरू गरेको छ । 

ती किशोरीका अभिभावकले दिएको जाहेरीका आधारमा प्रालिका ५ जनालाई आइतबार र सोमबार नियन्त्रणमा लिएर सोधपुछपछि छोडेको छ । उनीहरूलाई हाजिरी जमानीमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले बताएका छन् ।

होप फर्टिलिटीमा १८ वर्षमुनिका किशोरीहरूलाई बोलाएर इन्जेक्सनमार्फत् डिम्ब निकाल्ने गरेको उजुरी सीआईबीमा परेको थियो । त्यहाँ किशोरीहरूलाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म दिएर डिम्ब निकाल्ने गरेको पाइएको ब्युरोले जनाएको छ । 

पीडित किशोरीहरूले सीआईबीलाई दिएको जानकारी अनुसार होपमा उनीहरूलाई १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको थियो । 

यसरी सुई लगाएर विकास भइसकेपछि उनीहरूको शरीरबाट डिम्ब निकालेर सुरक्षित गरेर राख्ने गरेको पाइएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ०९ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा