सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो « Khabarhub

होप फर्टिलिटीमा किशोरीहरूको डिम्ब कारोबार

सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८ वर्षमुनिका दुई किशोरीको डिम्ब बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान सुरू गरेको छ । 

ती किशोरीका अभिभावकले दिएको जाहेरीका आधारमा प्रालिका ५ जनालाई आइतबार र सोमबार नियन्त्रणमा लिएर सोधपुछपछि छोडेको छ । उनीहरूलाई हाजिरी जमानीमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले बताएका छन् ।

होप फर्टिलिटीमा १८ वर्षमुनिका किशोरीहरूलाई बोलाएर इन्जेक्सनमार्फत् डिम्ब निकाल्ने गरेको उजुरी सीआईबीमा परेको थियो । त्यहाँ किशोरीहरूलाई १० हजारदेखि १५ हजार रुपैयाँसम्म दिएर डिम्ब निकाल्ने गरेको पाइएको ब्युरोले जनाएको छ । 

पीडित किशोरीहरूले सीआईबीलाई दिएको जानकारी अनुसार होपमा उनीहरूलाई १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको थियो । 

यसरी सुई लगाएर विकास भइसकेपछि उनीहरूको शरीरबाट डिम्ब निकालेर सुरक्षित गरेर राख्ने गरेको पाइएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ०९ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा