धरान–चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा | Khabarhub Khabarhub

धरान–चतरा खण्डका तीन वटा पुल निर्माण अन्तिम चरणमा


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुनसरी– मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा सडकखण्डमा पर्ने बाघ खोला, बगुवा खोला र ठकुरी खोलामा निर्माणाधीन तीन वटा मोटरेबल पुल अन्तिम चरणमा पुगेका छन् ।

यी पुलहरूसँगै सो सडकखण्डमा पर्ने रेल्वे पुलको निर्माण भने अझै सुरु हुन सकेको छैन । निर्माणको जिम्मा लिएको सूर्य एण्ड सन्स कन्स्ट्रक्सन निर्माण कम्पनीका इञ्जिनियर उमेश श्रेष्ठका अनुसार बाघ खोला, बगुवा खोला र ठकुरी खोलाको पुल निर्माण करिब ९५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ ।

उनले धरान–चतरा सडकखण्ड सुनसरीको बराहक्षेत्र नगरपालिका– १ मा निर्माण भइरहेको दुवैतर्फ पेटीसहित ६० मिटर लामो बाघ खोला पुलको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

त्यस्तै, बगुवा खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलको निर्माण ९५ प्रतिशत र ठकुरी खोलामा निर्माणाधीन ३५ मिटर लामो पुलको काम ९० प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए ।

कम्पनीले चार वटा मोटरेबल पुल निर्माणका लागि भ्याटसहित २१ करोड ७८ लाख ६३ हजार ७५० रुपैयाँमा २०७९ साल जेठ महिनामा ठेक्का स्वीकृत गरी निर्माण सुरु गरिएको थियो ।

तीन वटै पुल सञ्चालनमा आइसकेका छन् भने छेउछेउमा फिनिसिङको काम बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताए । छेउछाउमा धेरै रूख भएकाले फिनिसिङ र छेउको बाटोमा यसअघि रोकिएको रूख व्यवस्थापनपछि बाँकी काम सम्पन्न गरिने उनले जानकारी दिए ।

उक्त सडकखण्ड भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लाका नागरिकका लागि धरान बजारमा स्वास्थ्य सेवा, शिक्षा तथा कृषि उपज बिक्री वितरणका लागि महत्त्वपूर्ण मार्ग हो । पुल नहुँदा वर्षायाममा सास्ती भोग्नुपरेको समस्याको दीर्घकालीन समाधान हुने स्थानीयहरूको विश्वास छ । (रासस)

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १२ : १९ बजे

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका

च्याम्पियन्स लिग : बायर लिभरकुजेनसँग बेनिफिका पराजित

काठमाडौं– युईएफए च्याम्पियन्स लिग फुटबलमा बायर लिभरकुजेनले जित निकालेको छ

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित

पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

सुनसरी– करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त

राष्ट्र बैङ्क प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक पौडेललाई

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई