सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ : नेता महर « Khabarhub

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ : नेता महर


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सीपयुक्त र सक्षम युवा नै सबल, आत्मनिर्भर र समृद्ध राष्ट्रनिर्माणको सबैभन्दा शक्तिशाली आधारस्तम्भ भएको बताएका छन् ।

विश्व युवा दक्षता दिवसको अवसरमा प्राज्ञिक विमर्श समुहले आइतबार लाजिम्पाट, काठमाडौँमा आयोजना गरेको युवा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले यस्तो धारणा राखेका हुन् ।

उहाँले संरचनात्मक बेरोजगारी र अवसरको अभावका कारण देशको सबैभन्दा ऊर्जाशील जनशक्ति विदेश पलायन हुन बाध्य हुनु राष्ट्रिय विकासको प्रमुख चुनौती एवं नीतिगत असफलताको सूचक भएको बताए।

 ‘सीपयुक्त अवसरको अभावमा मानवीय पुँजीको यो निरन्तर क्षयिकरणले हाम्रो भविष्यलाई कमजोर बनाइरहेको छ,’ महरले भने,’ूयो गम्भीर राष्ट्रिय यथार्थलाई हामीले नजरअन्दाज गर्न मिल्दैन।’

नेता महरले दक्षतालाई केवल रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा नभई आत्मनिर्भरता, उद्यमशीलता र राष्ट्रिय उत्पादकत्वको मूल आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । यसका लागि राज्य, निजी क्षेत्र र नागरिक समाजको सहकार्यमा आधारित एक सुदृढ पारिस्थितिक प्रणालीको निर्माण आवश्यक रहेको उनको भनाइ थियो।

‘हामीले कृषि, पर्यटन, सूचना प्रविधि र निर्माण जस्ता तुलनात्मक लाभका क्षेत्रहरूमा मागमा आधारित सीपमूलक तालिम प्रदान गर्नुपर्छ,’ उनले भने, ‘यसले स्वदेशमै व्यावसायिक अवसर सिर्जना गरी युवाहरूको ऊर्जा र क्षमतालाई राष्ट्र निर्माणमा लगाउन मद्दत गर्छ, जुन आजको परम कर्तव्य हो।’

अन्तमा, नेपाली कांग्रेस भित्र युवा सहभागिता ,देशको आवश्यकता को अवधारणामा देशव्यापी शिक्षा बहस सञ्चालन गर्दै आएका नेता महरले विश्व युवा दक्षता दिवसले हामी सबैलाई सीपयुक्त युवा निर्माण गरी समृद्ध राष्ट्र बनाउने एउटै संकल्पतर्फ राजनीतिक दल, सरकार र नागरिक समाजको संयुक्त प्रयासमा जोड दिए।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १२ : ४१ बजे

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी