ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारीको सरकार’ भनेपछि सुनिताको आपत्ति « Khabarhub

ज्ञानेन्द्र शाहीले ‘भ्रष्टाचारीको सरकार’ भनेपछि सुनिताको आपत्ति


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्टाचारी भनेपछि संसद्मा विवाद भएको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले एकपछि अर्को भ्रष्टाचार प्रकरणको संरक्षण गर्न ओली सरकार लागि परेको आरोप लगाएसँगै एमाले सचेतक सुनिता बरालले नियमापत्ति जनाइन् ।

उनले संसद्को निमय २१ को घ अन्तर्गत रहेर नियमापत्ति जनाउँदै प्रतिनिधिसभामा जे पनि बोल्न थालिएको गुनासो गरिन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले ‘भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानु’ भनेर व्यङ्ग्यात्मक अभिव्यक्ति दिए । उनले एकपछि अर्को भ्रष्टाचार प्रकरणको संरक्षणमा सरकार लागेको आरोप लगाएपछि एमालेले आपत्ति जनाएको हो ।

एमालेकी सचेतक सुनिता बरालले नियम २१ (घ) बमोजिम आपत्ति जनाउँदै भनिन्, ‘प्रतिनिधिसभामा जे पनि बोल्न थालिएको छ। संगीन आरोप लगाउने काम भएको छ, जसमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ।’

बरालले केही दिनअघि सार्वजनिक अडियो प्रकरणलाई लिएर सिंगो नेतृत्वमाथि लाञ्छना लगाउन खोजिएको भन्दै आपत्ति जनाइन्।

उनले भनिन्, ‘देशको नामै फरक बनाएर जुन मनोविज्ञान स्थापित गर्न खोजिएको छ, त्यो गलत हो। गलत गर्नेप्रति कारबाही हुनु पर्छ, तर गलत मानक स्थापित हुनु हुँदैन।’

बरालले सरकारबारे शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि सभामुख देवराज घिमिरेसँग आग्रह गरिन् ।

संसद्मा यस्ता कडा टिप्पणी र त्यसमा उठेका आपत्तिहरूबीच सत्ता र विपक्षी दलबीचको तनाव बढ्दै गएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ४२ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ