राप्रपा र रास्वपालाई कांग्रेस सांसद्को सुझाव- सदनमा आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा बाहिरै आन्दोलन गर्नुस् « Khabarhub

राप्रपा र रास्वपालाई कांग्रेस सांसद्को सुझाव- सदनमा आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा बाहिरै आन्दोलन गर्नुस्


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले रास्वपा र राप्रपाका सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।   

मंगलबार  बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले आफ्नो धारणा राख्ने र सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाका सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सदनमा आएर आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा सदन बाहिर आन्दोलन गर्न सुझाव दिए । 

बोल्नका लागि सदन चाहिने र बोलेपछि त्यही सदन बहिष्कार गर्ने नौटंकी भइरहेको उनले बताए । सांसद गिरीले बैठकको सुरुमा अरु पार्टीलाई बोल्न दिएको तर पहिलो र दोस्रो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै एमाले सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिले गरेको गल्तीका आधारमा सरकारलाई लाञ्छना लगाउने काम गलत भएको बताइन् । मिडियामा प्रचारमा आउन केही सांसदहरूले सदनमा अनावश्यक कुरा उठाइरहेको उनको भनाइ छ ।

त्यस्तै बैठकको शून्य समयमा समेत सत्तारुढ दलका सांसदहरूले आफ्नो कुरा राख्ने र सदन बहिष्कार गर्ने कार्य उचित नभएको बताएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ३० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको