मलेशियामा इस्लामिक स्टेटको प्रचार गर्ने र पैसा उठाउने सञ्जाल ध्वस्त, ३६ बंगलादेशी पक्राउ « Khabarhub

मलेशियामा इस्लामिक स्टेटको प्रचार गर्ने र पैसा उठाउने सञ्जाल ध्वस्त, ३६ बंगलादेशी पक्राउ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियाका सुरक्षा निकायले बंगलादेशी आप्रवासीलाई लक्षित गरी आतंककारी संगठन इस्लामिक स्टेटको प्रचार गर्ने सञ्जाल ध्वस्त पारेको छ । इस्लामिक स्टेटको प्रचार गर्ने र उक्त संगठनका लागि पैसा उठाउने गिरोहलाई ध्वस्त पारेको मलेशिया प्रहरीले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार पक्राउ पर्नेमा ३६ जना बंगलादेशी नागरिक छन् । उनीहरु गत अप्रिल महिनादेखि यस कार्यमा संलग्न रहेको जनाइएको छ ।

उक्त गिरोहले विद्युतीय भुक्तानीका माध्यमको प्रयोग गरी सिरिया र बंगलादेशमा पैसा समेत पठाउँदै आएको थियो । यद्यपि कति रकम पठाइएको हो भन्नेबारे अधिकारीले कुनै जानकारी दिएका छैनन् ।

यस गिरोहमा १ सय देखि १ सय ५० जना संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ । राजधानी कुआलालम्पुरमा सन् २०१६ मा आक्रमण भएपछि मलेशियाले इस्लामिक स्टेटविरुद्ध कारवाही सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली