मलेशियामा इस्लामिक स्टेटको प्रचार गर्ने र पैसा उठाउने सञ्जाल ध्वस्त, ३६ बंगलादेशी पक्राउ « Khabarhub

मलेशियामा इस्लामिक स्टेटको प्रचार गर्ने र पैसा उठाउने सञ्जाल ध्वस्त, ३६ बंगलादेशी पक्राउ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेशियाका सुरक्षा निकायले बंगलादेशी आप्रवासीलाई लक्षित गरी आतंककारी संगठन इस्लामिक स्टेटको प्रचार गर्ने सञ्जाल ध्वस्त पारेको छ । इस्लामिक स्टेटको प्रचार गर्ने र उक्त संगठनका लागि पैसा उठाउने गिरोहलाई ध्वस्त पारेको मलेशिया प्रहरीले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार पक्राउ पर्नेमा ३६ जना बंगलादेशी नागरिक छन् । उनीहरु गत अप्रिल महिनादेखि यस कार्यमा संलग्न रहेको जनाइएको छ ।

उक्त गिरोहले विद्युतीय भुक्तानीका माध्यमको प्रयोग गरी सिरिया र बंगलादेशमा पैसा समेत पठाउँदै आएको थियो । यद्यपि कति रकम पठाइएको हो भन्नेबारे अधिकारीले कुनै जानकारी दिएका छैनन् ।

यस गिरोहमा १ सय देखि १ सय ५० जना संलग्न रहेको हुनसक्ने आशंका गरिएको छ । राजधानी कुआलालम्पुरमा सन् २०१६ मा आक्रमण भएपछि मलेशियाले इस्लामिक स्टेटविरुद्ध कारवाही सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : १७ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ