नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जना पक्राउ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नक्कली रुपैयाँको कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा लागूऔषध अफिमसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । 

प्रहरीले कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ मा घर भई हाल जिल्ला बाँकेको कोहलपुर नगरपालिका–११ न्युरोडमा जनगर्जन नेटवर्क प्राली नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षका मनबहादुर सहकारीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले बताए ।

उनका अनुसार सहकारीले मिडियाका नाममा नक्कली रुपैयाँ र अफिमको कारोबार गर्ने गरेका पाइएको र सहकारीसँगै जाजरकोट कुशे गाउँपालिका–५ का २२ वर्षीया दिलमाया सिंह ठकुरी, सोही ठाउँका ३३ वर्षीया रामबहादुर सिंह, जाजरकोट कुशे गाउँपालिका–७ समकोट गमौडी घर भई हाल सुर्खेत भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी ३५ वर्षीया कृष्णबहादुर वली र सोही ठाउँका ३८ वर्षीया प्रेमबहादुर विकलाई नियन्त्रणमा लिएको हो । 

‘उनीहरूका साथबाट १३ लाख नक्कली रुपैयाँ र ३० किलोग्राम ६७२ मिलिग्राम अफिम बरामत गरिएको छ’, उनले भने ।

सोमबार दिलमायाले नक्कली रुपैयाँ (खोटा मुद्रा) चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा ठकुरीको साथबाट छ हजार रुपैयाँ नक्कली रुपैयाँ फेला पारेसँगै यो गिरोह पत्तालागेको बुढथापाको भनाइ छ । 

‘जाली नोट सम्बन्धी थप अनुसन्धान क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका–५ खुर्पा बस्ने रामबहादुर सिंह तथा निज दिलमाया सिंहको डेराकोठाबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली एक हजार दरका १२ लाख ३६ हजार बरामद गरेको थियौँ,’ उनले भने, ‘आजै जालीनोट कसुरमा संलग्न व्यक्तिको पक्राउ तथा थप अनुरन्धान गर्दै जाने क्रममा जिल्ला जाजरकोट कुशे गाउँपालिका–७ समकोट गमौडी घर भई सुर्खेतको भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर विकलाई फेला पारी डेराकोठा तथा शरीर खानतलासी गर्दा निजहरूको लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ पोका ११ किलोग्राम ३७२ मिलिग्राम फेला पारेको थियो ।’ 

लागूऔषध अफिम तथा जाली नोट कसुरको थप अनुसन्धान गर्ने क्रममा यस कार्यालय तथा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिइएको प्रहरी टोलीले नक्कली नोटको कारोबार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामानसमेतको सहकारीलाई नियन्त्रणमा लिई उनले संचालन गरेको मिडिया हाउस तथा निज बस्ने कोठा खानतलासी गर्दा एक हजार दरका ५१ हजार नक्कली नोट र एक प्लाष्टिकमा पोका बनाई राखेका पोकामा १९ किलोग्राम लागूऔषध अफिम बरामद गरिएको प्रहरीले जनाएको छ । 

सञ्चालक सहरकारीबाट नक्कली नोट बनाउन प्रयोग हुने कम्प्युटर, प्रिन्टर, क्यामरालगाएतका सामानसमेत बरामद भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ३२ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका