बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै « Khabarhub

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी दर्ता भएको जिल्ला न्यायाधीश संजीप पोखरलेले जानकारी दिए । यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायाधीश पोखरेलले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।

गएको वर्षको तुलनामा दर्जन बढी मुद्दा थपिएका छन् । अदालतले यो आर्थिक वर्षमा १ सय ३३ वटा मुद्दा फैसला गरेको छ । यो पनि गएको आर्थिक वर्षको तुलनामा उल्लेख्य प्रगति भएको अदालतले बताएको छ । गएको वर्षका थपी आएका फर्छ्यौट हुन बाँकी ७९ वटा र यो वर्षका १ सय ११ गरी १ सय ८० मुद्दा फैसलाको भार अदालतलाई थियो । 

ती मध्ये १ सय ३३ वर्ष फैसला भइसकेका छन् । भने ४७ वटा फर्छ्यौट हुन बाँकी रहेका छन् । पहाडी जिल्लाको तुलनामा यो मुद्दाको संख्या धेरै रहेको अदालतले बताएको छ । उजुरी आएका मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् । भने त्यो भन्दा पछि वैवाहिक बलात्कार सहित जबरजस्ती करणीका छन् ।

यो वर्ष दर्ता भएका १ सय ११ मध्ये २५ वटा सम्बन्ध विच्छेदका मात्रै छन् । सम्बन्ध विच्छेदमा पनि वैदेशिक रोजगारमा गएका पुरुष श्रीमतीहरूले बढी हालेको देखिन्छ । श्रीमान् विदेशमा बसेको र सहयोग नभएको जस्ता समस्या देखाएर एकपक्षीय महिलाकै तर्फबाट सम्बन्ध विच्छेदका लागि बढी उजुरी आएको जिल्ला न्यायाधीश पोखरेलले बताए ।

सम्बन्ध विच्छेद समाजको समस्याकै रूपमा देखिने गरी मुद्दा आउने देखियो, पहाडी जिल्लामै वर्षका २५ जनाले उजुरी दिने कुरा सामान्य होइन, यसले परिवारबीचको द्वन्द्वका नाममा सामान्य विमेलमा पनि घरपरिवार उजाड हुने, सन्तानले दुख पाउने अवस्था देखिएको न्यायाधीश पोखरेलले भने । 

कानुन बमोजिम गर्न माग दाबी सहित उजुरी परे पनि व्यवहार हेर्न नमिल्ने हुँदा अलग बनाएर पठाउनु पर्ने बाध्यता न्यायाधीश पोखरेलले सुनाए । सम्बन्ध विच्छेद पछि वैवाहिक बलात्कार सहित जबरजस्ती करणीको मुद्दा रहेका छन् । यो वर्ष मात्रै १२ वटा दर्ता भएका छन् ।

सहमतिमै सम्बन्धमा बस्नेहरूले पनि कुरा नमिले पछि बलात्कारको कसुरमा हाल्ने गरेको आरोप बारे पत्रकारको जिज्ञासामा न्यायाधीश  पोखरेलले त्यो कारण भन्दा पनि घटना र कानुन मिल्ने कुरामा मात्रै आफूहरूको सरोकार रहने भएकोले त्यतापट्टि चासो नरहने बताए । केही समस्या पनि देखिन्छ, कानुन बारे बोल्न हामीलाई छुट छैन, मिलाएर बुझ्नुहोस्, उनले थपे । 

यो वर्ष मात्रै लाघुविधि चोरी/हिंसाका ६ वटा, लेनदेन ९ वटा, बहुविवाह र बालविवाहका १२ वटा, अंगभंग ४ वटा, बैङ्क कसुर २ वटा, आपराधिक उपद्रव ४ वटा, अप्राकृतिक यौन व्यवहार १ वटा, डाँका चोरी ३ वटा, ज्यान मार्ने उद्योग २ वटा, नाता कायम १ वटा, हातहतियार तथा खरखजना २ वटा, कुटपिट २ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै आत्महत्या दुरुत्साहन २ वटा, कर्तव्य ज्यान २ वटा, चेक अनादर २ वटा, मानव बेचबिखन २ वटा, सवारी ज्यान २ वटा, गर्भपतन १ वटा, जाली प्रमाण र छाप १ वटा र राष्ट्रिय परिचय पत्र दुरुपयोग १ वटा मुद्दा दर्ता भएका छन् । ती मध्ये ७० प्रतिशत बढी यो वर्ष दर्ता भएकै मुद्दा फैसला भइसकेका छन् । 

वाल विवाह र बहुविवाहको समस्या पनि बाजुरामा बढिरहेको देखिन्छ । केही मुद्दा न्यायिक समिति र प्रशासनमा जाने भएकोले पनि सबै उजुरी अदालतमा नआएको देखिन्छ ।

न्यायाधीश पोखरेलले मुद्दा बढ्नु राम्रो नहुने भएकोले अदालतको उद्देश्यले सामाजिक शान्ति र मेलमिलाप नै उत्तम विकल्प रहेको बताए । यो वर्ष बाजुरा जिल्ला अदालतमा २ वटा मुद्दा मेलमिलाप गरिएको छ । अदालतमा प्रमाण पत्र सहित ११ जना मेलमिलाप कर्ता कार्यरत छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ५८ बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन