एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल | Khabarhub Khabarhub

एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जितेका छन् । उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप यो डिल हात पारेका हुन् ।

आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाडौंकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाख रुपैयाँको ब्रान्ड डिल जितिन् भने बागलुङ्गका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजार रुपैयाँको ब्रान्ड डिल पुरस्कार जितेका छन् । त्यसै गरी बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान हासिल गरी अपट्रेन्डली पीकका रूपमा १ लाख रुपैयाँको ब्रान्ड डिल जितेका थिए ।

गत शुक्रबार काठमाडौंमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरुलाई पुरस्कार प्रदान गरिएको हो । 

‘देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको यो प्रतियोगिता सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएशनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुराममा म पूर्णरुपमा विश्वस्त छु,’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।  

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरुलाई पाँच जना मेन्टरहरु सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । 

उनीहरूलाई १०/१० जनाको समूहमा ५ जना मेन्टरहरुमार्फत विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो । 

सहभागीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीतिलगायतका बारेमा प्रशिक्षण पाएका थिए । 

प्रथम पुरस्कार विजेता महर्जन प्रतिमा अधिकारीको टिमका थिए भने दोस्रो विजयी श्रेष्ठ संजोग कोइराला टिमका थिए । त्यसै गरी तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टिमका थिए ।  उत्कृष्ट ५० मा पर्न सफल भएका क्रिएटरहरु मध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट चार क्रिएटरहरु छानेका हुन ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ७ : ०८ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई