अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर  « Khabarhub

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो । 

यादवले सो अवधिमा कुल रु दुई करोड ६८ लाख १८ हजार ९०० बराबरको वैध आयआर्जन गरेको देखिन्छ । सो अवधिमा यादवले रु तीन करोड ६५ लाख चार हजार ४५३ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले परीक्षण गर्दा रु ९६ लाख ८५ हजार ५५३ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ । 

पदीय हैसियत दुरुपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगको आरोप छ । आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको समेत पाइएको छ । 

आयोगले आरोपी यादव र उनका पत्नी आशाकुमारीलाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : २० बजे

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार

गायक सुशान्तको १० लाख सहयोग

काठमाडौं – गायक सुशान्त केसीले रसुवा बाढी पीडितलाई १० लाख

रविसँग स्थानीय सरकारको गुनासो : प्रजिअ र प्रहरी प्रमुखले टेर्दैनन्, संघीय सरकारले सुन्दैन

काठमाडौं- गत बुधबार बिहान आएको भिषण बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले

विपद्को समयमा सरकारलाई साथ दिन्छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विपद्को समयमा सरकारलाई

चितवनपछि नवलपुरमा पनि जमिनमुनि शव व्यवस्थापन (तस्बिरहरू)

पूर्वी नवलपरासी- भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी पूर्वी नवलपरासीको नारायणी नदी