जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित | Khabarhub Khabarhub

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा चार सय ५४ जना, क्याप–आईआई तहमा चार सय चार जना र क्याप– आईआईआई तहमा ८४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसअनुसार क्याप– आईआईआई तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थी संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन् । 

परीक्षाको नतिजाबमोजिम चार्टर्ड एकाउन्टेन्सी आधारभूत तहमा प्रशेन्जित शाक्य, नलिना खनाल र  रोशन महतले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान, मध्यम तह (क्याप–आईआई) मा अभिषेक दाहाल, मो सलमान र शिशिर अर्यालले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान र अन्तिम तह (क्याप– आईआईआई)मा सागर ज्ञवाली, स्मृति पौडेल र कुशल गौतमले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका छन् ।

साथै संस्थाले जुन २०२५ मा सञ्चालन गरेको सिए मेम्बरसिप फर एसीसीएएस र दर्तावाला लेखापरीक्षक सदस्यहरूको वर्गवृद्धि परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ । 

परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरूको लब्धांकपत्र तथा प्रमाणपत्र परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनपश्चात् वितरण गरिने छ । साथै, परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १० दिनभित्र पुनर्योग फाराम भरी निवेदन दिन सकिने जनाइएको छ । परीक्षार्थीले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट www.ican.org.np मा हेर्न सकिने उल्लेख छ ।
 

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : १४ बजे

वनसमिति-कसरौल सडक जोखिमपूर्ण, स्थानीय भन्छन्- कुनबेला रुख खसेर टाउकामा बजारिने हो पत्तो छैन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडकखण्डअन्तर्गत पर्ने

सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक सम्पन्न

काठमाडौं– सहरी विकास मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडीएसी)

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय

एकीकृत समाजवादीले वामदेव गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ

साँझपख बदलिन्छ धरानको भानुचोक

धरान– बिहान उज्यालो हुनासाथ साँझ अबेरसम्म धरानको भानुचोक यात्रुहरूका लागि